ललितपुर। महिला सशक्तिकरणको आधार ः उद्यमशीलता र रोजगार भन्ने नाराका साथ ललितपुरको नागबहालमा शुक्रबारदेखि महिला उद्यमी मेला २०७८ शुभारम्भ भएको छ। ललितपुर महानगरपालिका वडा नंबर १६ को आयोजनामा महिला उद्यमी मेला २०७८ शुभारम्भ भएको हो।

आइतवारसम्म चल्ने तीनदिने महिला उद्यमी मेला २०७८ को उदघाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामावाट भएको थिवाग्मती प्रदेशका सांसद शोभा शाक्यको समेत विशेष आतिथ्यता रहेको उदघाटन कार्यक्रममा
ललितपुर महानगरपालिकाका उपमेयर गीता सत्यालले महिलालाई आर्थिक रुपमा सबलीकरण नगरेसम्म महिला व्यावहारिक र वास्तविक रुपमा सशक्तिकरण नहुने धारणा राखेकी थिइन्।

मेलाका मुख्य संयोजक एवम् आयोजक ललितपुर महानगरपालिका वडा नंबर १६ का लोकप्रिय वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाले पूर्वाधार विकाससंगै मानवीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम गर्दै आएको जानकारी दिदै मेला यसैको एउटा कडी रहेको खुलासा गरेका छन्।

मेलामा महिलाद्वारा उत्पादित र महिला संलग्न रहेको व्यवसाय सम्बद्ध ५१ वटा स्टलहरु राखिएको छ। धातुका मूर्तिहरुका बुट्टा कोर्ने, परम्परागत रुपमा सूकुल बुन्ने तरिका विषयमा जीवन्त प्रदर्शनी मेलामा हेर्न सकिने छ।

ललितपुर उद्योग वाणिज्यले ललितपुरमा उत्पादित वस्तुको प्रवद्र्धन अघि सारेको मेड इन ललितपुरको अवधारणा अनुरुप ललितपुरमा उत्पादित वस्तुको स्टल विशेष महत्वका साथ राखिएको छ। नेपाल हस्तकला महासंघ, ललितपुर हस्तकला संघको तर्फबाट धातुका मूर्तिहरु र अन्य हस्तकलाका सामग्रीहरु पनि प्रदर्शन तथा बिक्री वितरणको लागि राखिएको छ ।

प्रकाशन मिति–२०७८ साल फागुन २७ गते शुक्रवार ।