MaHa Ko Ma Surendra 1]काठमाडौ। नेपालका कमेडी किङ मदनकृष्ण श्रेष्ठको जिन्दगीको कथा रहेको बहुचर्चित किताव महको म को टोल–टोलमा महको म नाम दिएर विक्री गर्ने कार्य भैरहेको छ। सुखावती मल्टी प्रोडक्सनले यस कार्यको शुरुवात गरेको हो।

नेपालभाषाका चर्चित कलाकार तथा निर्देशक सुरेन्द्र तुलाधरको अगुवाइमा स्थापित सुखावती मल्टी प्रोडक्सनले महान पर्व तिहार तथा नेपाल संवत ११३८ नयाँ बर्षको अवसरमा यस कार्यलाई निरन्तरता दिने भएको छ। यसक्रममा महको म टोल–टोलमा कार्यक्रम अन्तर्गत विहीवार कात्तिक २ गते साँझ ५ बजे ललितपुरको मंगलवजारमा गर्ने भएको छ।

तिहार तथा नयाँ बर्षको शुभकामना आदान–प्रदानका साथमा चियापान गरेर गरिन लागेको यस कार्यक्रममा कितावमा हस्ताक्षर गर्न कितावका लेखक तथा सर्जक कमेडी किङ मदनकृष्ण श्रेष्ठको उपस्थिति हुने भएको छ। नगद ५ सय ५० रुपैया मूल्य रहेको महको म किन्नेहरुले मदनकृष्ण श्रेष्ठले मायाको चिनो आफ्नो हस्ताक्षर प्रदान गर्ने भएको छ।

हालसम्म सुखावती मल्टी प्रोडक्सनले १ हजार ५ सय महको म किताव विक्री भैसकेको छ। मंगलवजारको हस्ताक्षर कार्यक्रममा ३ सय प्रति विक्री गर्ने लक्ष्य राखिएको छ। त्यसैगरेर नयाँ बर्ष ११३८ का दिन शुक्रबार काठमाडौको बसन्तपुरमा १ हजार प्रति विक्री गर्ने लक्ष्य राखेको जानकारी आयोजक सुखावती मल्टी प्रोडक्सनका संस्थापक अध्यक्ष तथा कलाकार सुरेन्द्र तुलाधरले भिजन संसारलाई भनेका छन्। १० हजार प्रति विक्री गर्ने लक्ष्यका साथ सुखावतीले यसप्रकारको कार्य गर्दैजाने भएको छ।

त्यसैगरेर, सुखावतीले ख्यातिप्राप्त फोटोग्राफर राजभाइ सुवालले बर्षेनी नेपाल संवत नयां बर्षको दिन प्रकाशित गर्दैआएको यो बर्ष ११३८ को अवसरमा प्रकाशित क्यालेण्डरको विक्रीको जिम्मेवारी पनि लिएको तुलाधरले जानकारी दिएको छ। क्यालेण्डरको मूल्य नगद १ सय रुपैया राखिएको छ।

MaHa Ko Ma Surendra 2]प्रकाशन मिति–२०७४ साल कात्तिक १ गते बुधवार ।