lalitpur-district-devlopment-committi-1काठमाडौ। ललितपुर जिल्ला विकास समितिले जिल्लाको विकास गत्तिविधिको चौमासिक रुपमा सार्वजनिक रुपमा अपडेट गर्दैआएको छ। यसैक्रममा सोमवार ललितपुर जिल्ला विकास समितिको सभा–भवनमा आयोजित कार्यक्रममा पत्रकार भेटघाट गरेर त्यसको जानकारी दिएको छ।

विशेषत गत बर्ष २०७२ सालको बैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पवाट पीडितहरुको यकिन संख्या ललितपुर जिल्लामा २५ हजार ८ सय ९२ रहेको र त्यसमध्ये १७ हजार १ सय ४२ संग अनुदान संझौता भैसकेको जानकारी दिइएको छ।

lalitpur-district-devlopment-committi-2

स्थानिय विकास अधिकारी हरिप्रसाद दाहालले पत्रकारहरुलाई दिइएको जानकारी अनुसार २० वटा योजना १० लाखमाथि रहेको र १९ वटा योजना १ लाखभन्दा माथि रहेको छ। नेपालको राजधानी काठमाडौको अत्यन्त नजिकको ललितपुर जिल्लाले ३ सय ८५ बर्गकिलोमिटर भू–भाग ओगटेको छ। अत्यन्त सुगम देखि अति दुर्गम स्थान पनि ललितपुर जिल्लामा नै रहेको कारणले विकास निर्माणको विषयमा विभिन्न चुनौति रहेको पनि कार्यक्रममा अवगत गराइएको छ।

कार्यक्रममा विभिन्न सार्वजनिक विषगत सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो। ती अधिकारीहरुले विषयगत क्षेत्रका बारेमा उठेका प्रश्नहरुको टिपोट गरेर जवाफ दिने कार्य भएको थियो। साथमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेलाई स्वागत पनि गरिएको थियो।

नयाँ आएका प्रमुख जिल्ला अधिकारी काफ्लेले जिल्लाका समस्या तथा तिनको समाधानको लागि आफू कटिवद्ध भएर लाग्ने बताए।
प्रकाशन मिति–२०७३ साल पुस १८ गते सोमवार ।