ललितपुर। ललितपुर महानगरपालिकाव्दारा अपाङ्गता भएका व्यक्तिहरुका लागि ५० थान कम्बल (ब्लाङ्केट) सहयोग प्रदान गरेको छ। बाजिगर मेयरका रुपमा सुपरिचित ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नै कार्यकक्षमा स्वाबलम्बन जीबन पद्धती केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठलाई उक्त सहयोग हस्तान्तरण गरेको हो।

पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरु मध्य आर्थिक र सामाजिक रुपमा कमजोर र आवश्यक भएकाहरुलाइ घर घरमा उपलब्ध गराउन ५० थान कम्बल (ब्लाङ्केट) अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरिएको महानगरपालिकाले जनाएको छ। मेयर महर्जनले आफ्नो हालसम्मको साढे चार बर्षे कार्यकालमा अपाङ्गता भएका ब्यक्तिहरुको भावनामा असर पर्ने कार्यहरु नगरेको र जति सकिन्थ्यो त्यती मात्र काम गर्ने प्रतिबद्धता जनाएको स्मरण सहयोग हस्तान्तरण कार्यक्रममा गरेका छन्।

अपाङ्गता एउटा अवस्था हो,भोलि जो कोही पनि अपाङ्गता हुन सक्छ, त्यसका लागि समयमै सोच्नु जरुरी भएको बिचार राख्दै मेयर महर्जनले आफूहरु जननिर्वाचित भएर आउनु अघिसम्म महानगरपालिकाको कार्यकक्षसम्म बैशाखी, व्हिलचियर प्रयोगकर्ताहरु आउन नसक्ने,शौचालय अपाङ्गता मैत्री नभएको, फुटपाथ अब्यवस्थित हुनुको अलावा यातायात प्रयोग गर्नै कठिन रहेको त्यो अब्यवस्थित अवस्थावाट व्यवस्थित गर्न र अपाङ्ग मैत्री महानगरपालिकाको रुपमा परिचय दिलाउने कार्य सक्दो प्रयास गरेको वताएका छन्।

अपाङ्गता भएका ब्यक्तिहरुलाई स्वाभिमानपूर्वक आवागमन गर्न महानगर, इरुका इण्डिपेण्डेण्ट लिभिङ्ग सेन्टर जापान र स्वाबलम्बन जीबन पद्धती केन्द्र ललितपुरको संयुक्त रुपमा अपाङ्गता मैत्री सवारी सञ्चालन भैरहेको छ। जुन नेपालमै अपाङ्गता भएकाहरुका लागि गरिएको पहिलो महत्वपूर्ण कार्य भएको छ। जसवाट अपाङ्गता भएकाहरु ज्यादै लाभान्वित बनेका छन्।

त्यस्तै, कोरोना कहरको बेला पनि आइसोलेशन अपाङ्गता मैत्री बनाउन मेयर महर्जन सफल भएको खुलासा स्वाबलम्वन जीवन पद्धति केन्द्रका अध्यक्ष श्रेष्ठले गरेका छन्।
अध्यक्ष श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुको पक्षमा यति धेरै कार्य गरेकोमा ललितपुर महानगरपालिकाका मेयर,उपमेयर,जनप्रतिनिधिहरुलाई धन्यबाद दिएका थिए।कार्यक्रममा मेयरका नीजि सचिब इन्द्र बज्राचार्य,सुजन केसी र निशा जिरेलको उपस्थिती थियो।

प्रकाशन मिति–२०७८ साल फागुन ५ गते विहीवार ।