ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ को यथार्थ चित्रण रहेको वडा पुस्तक दर्पण सार्वजनिक भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ का ज्येष्ठ नागरिक पूर्व राजदूत एवम् नेपाल सरकारका पूर्व मुख्य सचिव दामोदर गौतमको प्रमुख आतिथ्यतामा वडाको पुस्तक दर्पण सार्वजनिक गरिएको हो।

सार्वजनिक भएको वडा पुस्तक दर्पणमा वडाको विकास निर्माण तथा वडाले गरेका कार्यहरुको विवरणको दस्तावेज रहेको कार्यक्रममा स्वागत मन्तव्य दिदै वडा सदस्य पूनम निरौलाले आफूहरु निर्वाचित भएर आएयता आफूहरुको टीमले गरेको कार्य विवरणलाई वडा पुस्तक दर्पणले खुलासा गरेको बताएकी छन्।

त्यस्तै अर्का वडा सदस्य अशोक कुमार श्रेष्ठले वडाको समग्र विकास निर्माणमा आफूहरुले गरेका कार्यहरुलाई गर्न वाँकी भावी योजनाहरुलाई संक्षेपमा प्रस्तुत गरेका थिए। महिला वडा सदस्य शोभादेवी प्रधानव्दारा संचालित कार्यक्रममा वडाका प्रतिष्ठित व्यक्तित्व डाक्टर क्षितिज बराकोटी देखि नेपाली कांग्रेस वडा नंबर ५ कमिटीका सभापति सानुराज श्रेष्ठले समेत ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको नेतृत्वले नोटिस हुने धेरै राम्रा कार्य गरेको र ललितपुर महानगरपालिकाका २९ वटै वडाहरुमा सर्वोत्कृष्ट वडाको रुपमा वडा नंबर ५ सावित भएको टिप्पणी गरेका थिए।

नेकपा एमाले नेतृत्वको वडा अध्यक्ष देखि सदस्यहरु सवैको टीम भएतापनि पार्टी तथा सिद्धान्तभन्दा माथि उठेर केवल सेवात्मक भावनाले कार्य गरेको भएको कारण अपोजिसन पार्टी नेपाली कांग्रेस भएतापनि आफूहरुले विकासमान श्रेष्ठको टीमको निक्कै राम्रो कार्यलाई दिल खोलेर तारिफ गर्दैआएको नेपाली कांग्रेस वडा नंबर ५ का सभापति सानुराज श्रेष्ठले बताएका छन्। आफूहरुले हालसम्म विरोध गर्नुपर्ने गरेको विकासमान श्रेष्ठको नेतृत्वले कुनै कार्य नगरेको पनि उनले खुलासा गरेका छन्।

लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठले आफूहरुले जनसेवामा कहिले पनि पार्टीगत स्वार्थमा कार्य नगरेको र कहिलेपनि नगर्ने प्रतिबद्धता दोहोर्याउंदै आफूहरुको कार्य केवल सेवा..सेवा..र सेवा मात्र भएकोले आफूहरुको कार्य चित्त बुझेमा आगामी निर्वाचनमा पनि आफूहरुलाई बहुमतवाट जिताउन आव्हान समेत गरेका छन्।
प्रकाशन मिति–२०७८ साल भाद्र १९ गते शनिवार ।