ललितपुर । ललितपुर महानगरपालिका वडा नंबर ५ का घर–घरवाट निस्किने फोहरमैलालाई घरमा नै व्यवस्थापन गर्ने दुई दिने तालिम संपन्न भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ को सहयोगमा स्थानीय शुभारम्भ महिला समूह थसिखेलको आयोजनामा घरवाट निस्किने फोहरमैलालाई घरमा नै व्यवस्थापन गर्ने तालिम संपन्न भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको प्रमुख आतिथ्यतामा संपन्न भएको शनिवार र आइतवार दुई दिने फोहर व्यवस्थापन संवन्धी तालिमवाट घरवाट निस्किने फोहरलाई जैविक र अजैविक गरेर छुट्याएर कम्पोष्ट मल बनाउने देखि प्लास्टिकजन्य पदार्थवाट विभिन्न सामाग्री उत्पादन गर्न सक्ने कार्यसम्मको तालिम दिने कार्य भएको जनाइएको छ।

त्यस्तै, कौसी खेती गर्ने तौर तरीका पनि तालिम कार्यक्रममा सिकाइएको थियो । स्थानीय पचासभन्दा बढी वडावासी महिला दिदीबहिनीहरुको सहभागिता रहेको कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठको साथमा वडा सदस्यहरु मञ्जु रिजाल, पूनम निरौला र अशोक कुमार श्रेष्ठको समेत सहभागिता रहेवाट सहभागीहरुमा थप ऊर्जा मिलेको थियो। तालिमावाट घरको फोहर घरमा नै व्यवस्थापन गरेर आय–आर्जन गर्न सक्ने र वडालाई पनि सफा राख्न मदत मिलेको वडा अध्यक्ष श्रेष्ठको जिकिर रहेको छ।

प्रकाशन मिति–२०७९ साल जेठ २९ गते आइतवार ।