ललितपुर । विश्वको ३५ औं हस्तकला नगरीको रुपमा हालै वल्र्ड क्राफ्ट काउन्सिलले घोषणा भएको ललित कलाको आकर्षक शहर ललितपुरमा कला तथा सांस्कृतिक महोत्सव २०७५ बुधवारवाट शुभारम्भ भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर १६ मा आयोजित कला तथा सांस्कृतिक महोत्सवको उदघाटन नेपालका उपराष्ट्रपति नन्दबहादुर पुनवाट भएको हो। ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको विशेष आतिथ्यतामा शुभारम्भ भएको कला तथा सांस्कृतिक महोत्सवमा ललितपुरका जीवन कला तथा संस्कृतिलाई जीवन्त रुपमा प्रस्तुत गर्ने कार्य भएको छ।

मनै लोभ्याउने ललितपुरको हस्तकला तथा खुल्दुलीपूर्ण संस्कृति यस महोत्सवको विशेषताको रुपमा देखिएको छ। जसको लागि आयाृेजक ललितपुर महानगरपालिका वडा नंबर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्य तथा स्थानीय बासिन्दाको मेहनत तथा प्रयासले जीवन्तता प्राप्त गरेको देखिन्छ। स्वदेशी तथा विदेशी पर्यटकको खुल्दुलीलाई यो कला तथा सांस्कृतिक महोत्सवले समाधान गर्ने दावी आयोजक समितिका संयोजक १६ नंबर वडा अध्यक्ष शाक्यको रहेको छ।


प्रकाशन मिति–२०७५ साल चैत्र १३ गते बुधवार ।