काठमाडौं। दुई दशक लामो सांगीतिक यात्रालाई निरन्तरता दिने कार्य गायिका लसता जोशीवाट भएको छ। गायिका जोशीको विलकुलै नयाँ गीत रिलिज हुने क्रममा रहेको छ।

मिठो मिठो साथ बोलको यस गीतको म्युजिक भिडियो तयार भैसकेको जानकारी गायिका जोशीले भिजन संसार डटकमलाई दिएकी छन्। आगामी भ्यालेन्टाइन–डेका दिन वल्र्डवाइड रिलिज गर्ने तयारीमा आफू रहेको पनि जोशीले भनेकी छन्।

गायिका जोशीको गायन तथा कम्पोज तथा निराजन भण्डारीको शव्द रहेको यस गीतको एरेञ्ज मोहित मुनालले गरेका हुन्।

सोहन मानन्धरको भिडियो सम्पादन तथा बबिता मानन्धरको कन्सेप्ट रहेको यस गीत तथा गीतको भिडियोले भ्यालेन्टाइन–डेमा आगो बाल्ने जिकिर गायिका जोशीको रहेको छ।

प्रकाशन मिति–२०७५ साल माघ ११ गते शुक्रवार ।