बरिष्ठ गायक एवम् संगीतकार सूर्य थुलुङ्ग
बरिष्ठ गायक एवम् संगीतकार सूर्य थुलुङ्ग

काठमाडौ। लाउने कोटसंग बजाउने गितार साट्ने स्रष्टाको रुपमा चिनिएका सूर्य थुलुङ्ग मंगलवारवाट ५८ बर्ष टेकेका छन्। नेपाली सुगम संगीतमा विगत ४६ बर्षदेखि अनवरत सुरसाधना गर्दैआएका गायक एवं संगीतकार सूर्य थुलुङ्ग नेपाली संगीतको धरोहर नै सावित बनिसकेका छन्।

Vetran Singer Surya Thulung Music Compition judjing with Vetran Singer Lochan Bhattarai in Jhapa Nepal.
Vetran Singer Surya Thulung Music Compition judjing with Vetran Singer Lochan Bhattarai in Jhapa Nepal.

५८ बर्षको उमेरमा पनि तन्नेरी जोश कायमै रहेका थुलुङ्गको व्यस्तता अझै बढेको छ। हिजोआज गीत गायन तथा संगीत दिनुको अलावा विभिन्न सांगीतिक कार्यक्रमका जज बन्दैमा थुलुङ्ग अत्यन्त व्यस्त बन्दैआएका छन्। कहिले काठमाडौ त कहिले पोखरा, कहिले झापा त कहिले इलाम लगायतका प्रोग्रामहरुमा जजिङ्ग गर्दैमा बेतोडले समय गुज्रिरहेको थुलुङ्गको भनाई रहेको छ।

Surya Thulung judging 2

यो बर्षमात्र आधा दर्जन प्रतियोगितामा थुलुङ्गले जजिङ्ग गर्ने कार्य गरिसकेका छन्। निश्पक्ष तथा सही जजिङ्ग गर्ने थुलुङ्ग सवैका प्रिय बन्दैआएका छन्। गीत–संगीत तथा जजिङ्गमा उत्कृष्ट योगदान दिएवापत यो बर्ष थुलुङ्गलाई दर्जनौ सम्मान प्रदान पनि गरिएको छ।

Surya Thulung ko samman 1

स्रष्टा प्रतिको यसप्रकारको सम्मानले आफूलाई नेपाली संगीतमा मरेर लागेको त्यो बेलाको राम्रो प्रतिफल पाएको अनुभव भएको गायक थुलुङ्गले बताएका छन्। लाउने कोटसंग बजाउने गितार साटेर यसक्षेत्रमा लागेको त्यो तितो यथार्थताले यतिखेर मिठो क्षणमा पु¥याएको उनको भनाई रहेको छ।

Surya Thulung 2प्रकाशन मिति–२०७४ साल असार १३ गते मंगलवार ।