काठमाडौं। नेपालमा राजनीति गर्ने नेताहरुले राजनीतिलाई पेशा नै बनाएको कारण नेपाली राजनीति सधै बदनाम हुने गरेको छ। राजनीति कुनैपनि हालतमा पेशा अर्थात व्यवसाय होइन।

राजनीतिलाई पेशा तथा व्यवसाय बनाएपछि निश्चित रुपमा त्यो राजनीति नभइकन व्यापार हुन्छ। राजनीतिलाई पेशा बनाउने हो भने त्यो राजनीति भन्न नमिल्ने ठहर तथा जिकिर युवा नेता लाक्स श्रेष्ठको रहेको छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा अत्यन्त व्यस्त रहेका लाक्स श्रेष्ठ गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ वाट क्षेत्रिय प्रतिनिधिको उम्मेदवार छन्। क्षेत्रिय प्रतिनिधिको असोज ५ गते हुने निर्वाचनमा वडा नंबर ४ का क्रियाशील सदस्यहरुले भारी मतले विजयी वनाउने आशा र विश्वासमा रहेका लाक्सको राजनीति नितान्त समाज सेवा हो।

नेपाली जनताको नाममा राजनीति गर्ने अनि नेपाली जनता माथि नै राज गरेर राजनीति गर्ने हो भने, त्यो निश्चित रुपमा नेपाली जनताप्रति गरेको कुठाराघात तथा अन्याय हो र पाप नै हो भनेर लाक्सले भनेका छन्। नेपाली कांग्रेस गोकर्णेश्वर नगर समितिका निर्वाचित सदस्य तथा गोकर्णेश्वर नगर कमिटीका प्रभावशाली युवा नेता लाक्सको बास्तविक नाम बालकृष्ण श्रेष्ठ हो।

नेपाली राजनीतिमा भने बालकृष्ण श्रेष्ठको नामवाट भन्दा बढी लाक्सको नामवाट धेरै चिनिएका छन्। लाक्स विशेषत नेपाली कांग्रेसका संस्थापक युगान्तकारी नेता बीपी कोइरालाको आत्मबृतान्त नामक पुस्तकवाट प्रभावित बनेर नेपाली कांग्रेसको राजनीतिमा लागेका हुन्। बीपीको आत्मबृतान्त धेरैपल्ट दोहो-याएर अध्ययन गरेपश्चात त्यसवाट प्रभावित बनेर राजनीतिमा लागेको बताउने लाक्स आफू राजनीतिलाई पेशा बनाउन नआएको र राजनीतिवाट समाजसेवा गर्न आएको खुलासा गर्छन्।

विगत १२ बर्षदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लाग्दैआएका युवा नेता लाक्स नेपाली राजनीतिको रुपान्तरणमा युवाहरुको व्यापक सहभागिता आवश्यक भएको र उच्च नेतृत्वमा युवाको आवश्यकता भैसकेको जिकिर गर्छन्। पुरानै सोच र पुरानै अवधारणावाट नेपाली राजनीतिलाई अगाडि लान अव कठिन भैसकेको छ। अव नयाँ सोच तथा नयाँ अवधारणावाट नेपाली राजनीतिलाई अग्रता दिनुपर्ने आवश्यकता भैसकेको छ।

त्यसतर्फ नेतृत्व तहले नसोचेमा र त्यसलाई कार्यन्वयन नगरेमा नेपाली राजनीतिले अग्रता नपाउने तथा नेपाली जनताले सोचेजस्तो उपलव्धी नपाउने भनाई पनि लाक्सको रहेको छ। प्रभावशाली युवा नेता लाक्स बागमती सफाई अभियानका अभियन्ता पनि हुन्। राजनीतिको माध्यमवाट सामाजिक सेवामा अहोरात्र लागिरहेका लाक्स समाज सेवा नै आफ्नो राजनीति भएको खुलासा गर्छन्। यसकारण पनि लाक्स युवाहरुमाझ लोकप्रिय छन्।

प्रकाशन मिति–२०७८ साल असोज ४ गते सोमवार ।