Parewa 1

काठमाडौ। लागुऔषध तस्करहरुले लागुऔषधको तस्करीमा शान्तिको प्रतिक परेवालाई समेत प्रयोग गरिरहेको तथ्य फेला परेको छ। जुन कुरा लागुऔषध ओसार–प्रसार गर्ने परेवालाई लागुऔषध सहित रंगेहात पक्राउ गरेपछि यसकुराको पुष्टि भएको हो। समाचार कुवेत र इराकको सीमानजिक रहेको अबदालीनजिकैको इमारत बन्दरगाहको हो।

त्यहाँबाट त्यहाँका कस्टम अधिकारीहरुले प्रतिबन्धित लागुऔषधको १७८ ट्याबलेट्स बोकेर उडिरहेको परेवालाई समात्न सफल भएका हुन् । बीबीसीकाअनुसार रंगेहात पक्रिएको परेवामा परेवाजस्तै रङको देखिने कपडाको सानो पाकेट झोला जसरी बोकेको र त्यो पाकेटभित्र प्रतिबन्धित लागुऔषधको १७८ गोली भेटिएको हो।

कस्टम अधिकारी अब्दुल्ला फहमीले लागुऔषध ओसार–प्रसार गर्न परेवाको प्रयोग भइरहेको खबर पहिल्यै नै प्राप्त भएको बीबीसीलाई बताएका छन् । उनले भने–‘हामीले पहिलोपटक लागुऔषध बोकेर उडिरहेको परेवा समात्न सफल भएपछि तस्करहरुले कसरी परेवाको प्रयोग गरिरहेका छन् भन्ने तथ्य खुलेको छ ।’

यसअघि, कोस्टारिकाको एक जेलमा गार्डले कोकिन लिएर उडिरहेको परेवा समात्न सफल भएका थिए । त्यस्तै, सन् २०११ मा पनि कोलम्बियाको प्रहरीले धेरै लागुऔषध बोकेर उड्न नसकिरहेको अवस्थामा एक परेवालाई समात्न सफल भएका थिए।

Parewa 2प्रकाशन मिति–२०७४ साल जेष्ठ १२ गते शुक्रबार ।