Drug Abution progm 1काठमाडौ। लागु औषध दूव्र्यसनको कारण परिवार तथा समाजमा व्यापक असर पर्दैआएको छ। यसले नेपाली समाजलाई विकराल स्थितिमा पुर्याइसकेको अवस्थालाई मध्यनजर गरेर यसविरुद्धको विभिन्न कार्यक्रम हुंदैआएको छ।

Drug Abution progm 2यसै सन्दर्भमा शनिवार विहान काठमाडौको महानगरीय प्रहरी परिसर स्वयम्भुको आयोजनामा लागु औषध दूव्र्यसन विरुद्ध र्याली तथा सभा कार्यक्रमको आयोजना गरियो। स्वयम्भु, डल्लु तथा विजेश्वरी लगायतका स्थानमा परिक्रमा गरेर यस विरुद्ध सवैलाई सचेत हुन आग्रह गरिएको छ।

विजेश्वरी स्थित विजेश्वरी महिला जागरण समितिका महिला दिदीबहिनीहरुले पनि यस कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका छन्। समितिका अध्यक्ष विमला थापाको नेतृत्वमा समितिका केन्द्रिय सदस्य मञ्जु रानामगर, सुनिता कायस्थ लगायतका दर्जनौ सदस्यहरुले सहभागिता जनाएर यस विरुद्ध आवाज बुलन्द गरेका थिए।

Drug Abution progm 3प्रकाशन मिति–२०७३ साल भदौ ४ गते शनिवार ।