काठमाडौ। सामाजिक विकासमा अग्रणी संस्था संकल्प विकास केन्द्र नेपालको आयोजनामा लागु औषध नियन्त्रण संवन्धी विद्यार्थीहरु लक्षित जनचेतनामूलक कार्यक्रम संपन्न भएको छ। नेपाल सरकार गृह मन्त्रालय, लागु औषध नियन्त्रण इकाईको सहयोगमा काठमाडौको कालिकास्थान स्थित दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलमा संकल्प विकास केन्द्र नेपालले जनचेतनामूलक कार्यक्रम गरेको हो।

कार्यक्रममा लागु औषधको दुव्र्यसन तथा यसको भयावह स्थितिको चित्रण गर्नुको अलावा यसले समाजलाई विकृत बनाइरहेको तथ्यलाई उजागर गर्दै विद्यार्थीहरुलाई यसवाट बच्न र बचाउन सचेत गराइएको छ।

कार्यक्रमवाट दि स्प्याङ्गल बोर्डिङ्ग हाइस्कुलमा माध्यमिक स्तरमा अध्ययनरत १ सय २० जना विद्यार्थीहरु लाभान्वित भएको प्रिन्सिपल धन सुव्वाले बताए। स्कुलका अध्यक्ष छत्रमणि कटुवालले कार्यक्रमवाट लागु औषध दुव्र्यसन र यसको असरको बारेमा पर्याप्त ज्ञान पाएकोले उनीहरुमा सचेतना बृद्धि भएको जिकिर गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि ३ नंबर प्रदेशका प्रदेश सभासद राजेश शाक्यले यस कार्यक्रमले विद्यार्थीहरुलाई समयमा नै सचेत गराएर लागु औषधवाट दूर हुन प्रेरित गराएको महशुश भएको बताए। काठमाडौ महानगरपालिका २९ वडाका वडा अध्यक्ष कुश ढकालको समेत विशेष आतिथ्यता रहेको थियो।

लायन्स क्लव अफ काठमाडौ स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले लागु औषध नियन्त्रण संवन्धी जनचेतनामूलक अत्यन्त महत्वपूर्ण व्यावहारिक ज्ञान प्रदान गरेका थिए। कसजुले यस विरुद्ध लाग्नका लागि दिएको आधारभूत ज्ञान निक्कै प्रभावकारी बनेको विद्यार्थीहरुले भनेका छन्।

सर्वोच्च अदालतका बरिष्ठ कानून अधिवक्ता कृष्ण ढुंगानाले लागु औषध दूव्र्यसन कानूनको दृष्टिकोणमा अपराध भएको दस्तावेज प्रस्तुत गर्दै लागु औषध दूव्र्यसनमा तथा खरिद–विक्रीमा लाग्दा पाइने कानूनी सजायका बारेमा विद्यार्थीहरुलाई जानकारी दिएका थिए।

लागु औषध दूव्र्यसन विरुद्ध लामो समय देखि लाग्दैआएका सामाजिक अभियन्ता विलाश खत्रीले विद्यार्थीहरु विशेषत साथीभाइको लहलहैमा लागेर अन्जानमा लागु औषध दुव्र्यसनमा फसिरहेको आँकडा प्रस्तुत गरेका थिए। १४ बर्षको उमेरमा साथीभाइको लहलहैमा लागु औषधको शिकार बनेर दुव्र्यसनी बनेका ललितपुरका सविन खड्काले आफू दीपेन्द्र प्रहरी स्कुलमा पढ्दा लागु औषधको शिकार बनेको जिन्दगीको त्यो तितो कथा सुनाउंदा सवै भावुक बने।

खड्का आफू लागु औषध दूव्र्यसनको शिकार हुनुमा आफूलाई चाहिने भन्दा बढी सुविधा भएर पनि हो भनेका छन्। पछि आफूले नै धेरै प्रयास गरेर यसवाट उन्मुक्ति पाएको बताएका छन्। लागु पदार्थ सेवनवाट खड्काले आफ्नो जीवन नर्क भएको यथार्थ प्रस्तुतिकरण गर्दा सवैको आँखा रसाएको थियो।

बरिष्ठ पत्रकार तथा सञ्चार मिडिया ग्रुपका अध्यक्ष नारायण राईले सानैवाट अन्जानमा फस्ने र फसाउने लागु पदार्थवाट सावधान बन्नुपर्ने अवधारणा प्रस्तुत गरे। महिला अधिकारकर्मी सरिता श्रेष्ठले कार्यक्रम निक्कै लाभदायिक भएको टिप्पणी गर्दै पूर्व लागु औषध प्रयोगकर्ता सविन खड्काको जिन्दगीको कथावाट विद्यार्थी भाइबहिनीहरुलाई सचेत गराइएको बताएकी छन्।


कार्यक्रमको स्रोतव्यक्ति तथा कार्यक्रम संचालक अग्रज संचारकर्मी श्याम स्मृतले विद्यार्थीहरुलाई शिक्षण शैलीमा लागु औषध नियन्त्रण संवन्धी चेतनामूलक जानकारी दिने कार्य गरेका थिए। कार्यक्रम संकल्प विकास केन्द्र नेपालका प्रमुख सल्लाहकार डेविड श्रेष्ठको सभापतित्वमा भएको थियो। कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालय लागु औषध नियन्त्रण इकाई विजुलीबजारले निर्माण गरेको चेतनामूलक डकुमेन्ट्री फिल्म विषको पनि प्रदर्शन गरिएको थियो।


तस्वीर सौजन्य–लक्ष्मीकुमारी श्रेष्ठ।
प्रकाशन मिति–२०७४ साल माघ २६ गते शुक्रबार ।