काठमाडौ। व्युटी थेरापीको अग्रणी संस्था लाभिज व्युटी लञ्ज एण्ड ट्रेनिङ सेन्टरले काठमाडौको न्यूरोडको अपार सफलता पश्चात यसलाई काठमाडौकै बौद्धमा पनि विस्तार गरेको छ।

दुबईवाट ट्रेन्ड तथा दुबईमा नै व्युटी संवन्धी स्पेशलाइज गरेर नेपालमा व्युटी थेरापीको व्यवसाय शुरु गरेर आमूल क्रान्तिकारी कार्य गर्दैआएकी व्युटी एक्सपर्ट लक्ष्मी थापाले संचालनमा ल्याएको यस लाभिज व्युटी लञ्जको बौद्धमा सोमवार शुभारम्भ भएको हो।

अरुभन्दा एक कदम अगाडि र फरक रुपमा संचालन गरिएको यस लाभिज व्युटी लञ्जमा विशेषत सेमी परमानेन्ट मेकअपको अलावा व्युटी संवन्धी हरेक नयाँ थेरापीको सुविधा तथा ट्रेनिङको व्यवस्था रहेको व्युटी एक्सपर्ट लक्ष्मी थापाले भनेकी छन्।

प्रकाशन मिति–२०७४ साल माघ २३ गते मंगलवार ।