काठमाडौ। विशेषत घरमा लामखुट्टे, झिंगा र मुसाले हैरान पार्ने गरेको पाइन्छ। यिनीहरुवाट दूर बन्नका लागि अनेकन उपाय गर्दा पनि कतिले छुटकारा पाउन सकेको पाइदैन। अव भने यिनीहरुवाट दूर मात्र होइन, सखापै पार्न सकिने सरल अनि सहज घरेलु उपाय रहेको छ। ती घरेलु उपाय यसप्रकारका रहेका छन्। यो उपायलाई प्रयोग गरेर हेर्नु भएमा घरवाट लामखुट्टे, झिंगा र मुसालाई भगाउन सकिन्छ। 

१. साङ्लाबाट राहतः धेरैलाई साङ्लोसँग डर लाग्छ । विशेषगरी महिला यसलाई देख्ने बित्तिकै डराउँछन् । साङ्लाबाट राहत पाउनका लागि लसुन, प्याज र कालो मरिचलाई बराबर मात्रामा पिसेर पेस्ट बनाउनुहोस्। अब यो पेस्टमा पानी मिसाएर एउटा घोल तयार गर्नुहोस्। अब तपाईं यो घोललाई कुनै बोतलमा राखेर साङ्ला आउने ठाउँमा छर्कनुहोस् । यसको तेज गन्धले साङ्लो भाग्ने गर्छ। चाँडै राहत पाउनका लागि यो उपाय केही दिनसम्म नियमित रुपमा अपनाउनुपर्छ ।

२. लामखुट्टेबाट राहत: लसुनको तिखो गन्धले लामखुट्टेलाई घरमा प्रवेश गर्नबाट रोक्छ। यसका लागि तपाईं लसुनलाई पिसेर पानीमा उमाल्नुहोस् र जुन कोठामा तपाईं लामखुट्टे नछिरोस् भन्ने चाहनुहुन्छ त्यहाँ चारैतर्फ स्प्रे गर्नुहोस्। यद्यपी, यसले कोठामा नमिठो गन्ध फैलाउन सक्छ तर यसैले गर्दा लामखुट्टे आउँछैन।

३. झिंगाबाट राहत:झिंगाले लगभग सबैलाई समस्यामा पारेको हुन्छ किनभने यसले रोगलाई निम्त्याउँछ। झिंगाको समस्याबाट पार पाउन चाहनुहुन्छ भने कपासको सानो डल्लो बनाउनुहोस् र त्यसलाई तेज गन्ध भएको कुनै तेलमा डुबाएर ढोका नजिकै राख्नुहोस्। तेलको गन्धले झिंगा आउँदैन।

४. मुसाबाट मुक्तिःयदि तपाईंको घरमा पनि मुसाले उत्पात मच्चाइरहेको छ भने कपासमा पिपरमिन्ट लगाएर मुसा आउने सम्भावित स्थानमा राख्नुहोस्। अथवा पिपरमिन्टका केही टुक्रालाई घर वा किचनको कुनामा राख्नुहोस् । यसको बास्नाले उनीहरुले सास फेर्न सक्दैनन् जसका कारण उनीहरु मर्छन्। मुसालाई पिपरमिन्टको गन्ध मनपर्दैन।

५. माउसुलीबाट राहतःमाउसुलीलाई घरमा आउनबाट रोक्न चाहनुहुन्छ भने भित्तामा मयुरको पाँच–६ वटा प्वाँख टाँसिदिनुहोस्। यसो गर्दा माउसुली केही दिनमै गायब हुन्छ। मयुरले माउसुली खान्छन् त्यसकारण उनीहरु मयुरको प्वाँख देख्नेबित्तिकै भाग्ने गर्छन् । अथवा अण्डाको बोक्रालाई केही उचाईमा राख्नुहोस्। अण्डाको गन्धले पनि माउसुली भाग्छन्।

प्रकाशन मिति–२०७५ साल साउन १८ गते शुक्रबार ।