काठमाडौं। कोरोनाको कहरको कारण नेपाली चलचित्र उद्योग विगत दुई बर्षयता अत्यन्त थलामा परेको छ। यो अवस्थामा चलचित्र उद्योगलाई विभिन्न तौरतरीकाले उठाउने कोशिशमा नेपाली चलचित्रकर्मीहरु लागिपरेका छन्।

यसक्रममा नेपाली गीत–संगीतको क्षेत्रमा झमझम पानी पार्ने गायकको रुपमा ख्याति कमाएका विपदका देउता नै मानिएका गायक रामकृष्ण श्रेष्ठ पनि नेपाली चलचित्र उद्योगलाई उकास्ने होडमा रहेका छन्। गायक श्रेष्ठको निर्माण तथा प्रस्तुतिमा अढाई घण्टा लामो चलचित्र नभइकन ४० मिनेटको छोटो सटमूबी निर्माण भएको छ। जसको नाम नै सागवाली रहेको छ।

शनिवारवाट सागवालीको रिलिज भएको छ । लय संग्रौलाको प्रमुख आतिथ्यतामा सागवालीको रिलिज भएको हो । सागवालीमा सागवालीको प्रमुख भूमिकामा सुनिता श्रेष्ठले अभिनय गरेकी छन्।

साथमा झमझम पानी पार्ने गायक रामकृष्ण श्रेष्ठको अलावा जयराम बर्मा, रामकृष्ण नयाजु, सौगात श्रेष्ठ, राज श्रेष्ठ, मनराम केसी, मनोहर कार्की लगायतको रहेको छ। गीतको संगीत सुरेन्द्र श्रेष्ठको रहेको छ। निर्देशन राजकुमार शाहको रहेको छ।

प्रकाशन मिति–२०७८ साल पुस १० गते शनिवार ।