काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगःको सन् २०१८–०१९ को लागि नयाँ कार्य समितिले पदभार ग्रहण गरेको छ। काठमाडौमा आयोजित कार्यक्रममा स्वनिगःका चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुले नवनिर्वाचित प्रेसिडेन्ट धर्मकुमार श्रेष्ठलाई पदभार हस्तान्तरण गरेको हो।

पदभार हस्तान्तरण कार्यक्रममा फस्ट भाइस प्रेसिडेन्ट गेहेन्द्र गुरुवाचार्य, सेकेण्ड भाइस प्रेसिडेन्ट कविता श्रेष्ठ, सचिव कृष्णशरण रानामगर तथा कोषाध्यक्ष अमरदीप रञ्जितलाई पनि पदभार हस्तान्तरण गरिएको थियो।

सोही कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ स्वनिगःको लियो क्लब पनि गठन गरिएको छ। प्रतिक श्रेष्ठको अध्यक्षतमा लियो क्लब अफ स्वनिगः गठन भएको हो। स्वनिगः लायन्स र लियो दुवै मिलेर लिभिङ एण्ड गिभिङ अवधारणा अनुरुप विभिन्न सामाजिक सेवात्मक कार्यक्रम गर्ने र गराउने बार्षिक क्यालेण्डर नै प्रेसिडेन्ट धर्मकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ स्वनिगःका चार्टर प्रसिडेन्ट ताराप्रसाद कसजुले दुई बर्षभित्र स्वनिगःले गरेका उत्कृष्ट कार्यहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। चार्टर प्रेसिडेन्ट कसजुले स्वनिगःले सन् २०१८–०१९ अझ हिस्टोरिकल एअर बन्ने दावी नै गरेका छन्।

आमन्त्रित बरिष्ठ लायन्सहरु प्रशान्त मानन्धर, मणिहर्ष बज्राचार्य लगायतले छोटो अवधिमा लायन्स क्लब अफ काठमाडौले गरेको उल्लेखनिय प्रगतिको मुक्त कण्ठले प्रशंशा गरेका थिए।

प्रकाशन मिति–२०७५ साल असार २३ गते शनिवार ।