Blood Donation Lions3काठमाडौ। रगतको अभावलाई केही हदसम्म भएपनि पूर्ति गर्न सकियोस् भनेर शनिवार आकस्मिक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

लायन्स क्लव अफ काठमाडौ रेन्बोसिटी,लायन्स क्लव अफ अरनिको,लायन्स क्लब अफ अनेको र लियो क्लव अफ काठमाडौ रेन्बोसिटीको संयुक्त आयोजनामा काठमाडौको थापाथलीमा आयोजित रक्तदान कार्यक्रममा १ सय २ जना रक्तदाताहरुले उत्साजनक रक्तदान गरेका छन्।Blood Donation Lions1 लायन्स क्लव अफ काठमाडौ रेन्बोसिटीका सह–सचिव लायन ताराप्रसाद कसजुको कार्यक्रम संयोजनमा भएको रक्तदान कार्यक्रममा लायनहरुको अलावा सर्वसाधारणहरुको पनि सहभागिता रहेको थियो। सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा कार्यरत अन्तरराष्ट्रिय लायन्स क्लवहरुले यसप्रकारका विभिन्न सामाजिक कार्यहरु गर्दैआएको छ। विपदको बेलादेखि विपन्न बर्गसम्मको सहयोग र साथमा लायन्स क्लवहरु नेपालमा क्रियाशील रहेको छ।

Blood Donation Lions2प्रकाशन मिति–२०७२ साल चैत्र १४ गते आइतवार ।