काठमाडौ। विश्वमा सामाजिक सेवामा अग्रणी संस्था लायन्स तथा लायन्स क्लवको अवधारणा अनुरुप स्थापित लायन्स क्लव अफ काठमाडौ स्वनिगःको नयाँ नेतृत्व चयन भएको छ।

अत्यन्त पारदर्शी तथा सर्वपक्षिय सहमति अनुरुप सन् २०१८–२०१९ को एक बर्षका लागि प्रेसिडेन्टमा धर्मकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित बनेका छन्। त्यसैगरेर, फस्ट भाइस प्रेसिडेन्टमा गेहेन्द्र गुरुवाचार्य, सेकेण्ड भाइस प्रेसिडेन्टमा कविता श्रेष्ठ र थर्ड भाइस प्रेसिडेन्टमा कमल बस्नेत निर्वाचित भएको हो।

सेक्रेटरीमा कृष्णशरण रानामगर, ट्रेजरमा अमरदीप रञ्जितका साथमा सीएलसीआइ कोर्डिनेटर विनय कर्माचार्य, क्लव मेमवरसीप डेभलपमेन्ट अफिसर सुदिल आचार्य, डाइरेक्टर त्रयमा रविन्द्र डंगोल, शिवनाथ पौडेल र विमल चित्रकार पनि सर्वसम्मत निर्वाचित बनेका थिए।

चार्टर प्रेसिडेन्ट ताराप्रसाद कसजुको सभापतित्वमा भएको निर्वाचन कार्यक्रमको प्रमुख आतिथ्यता सिनियर लायन मणिहर्ष बज्राचार्य र विशेष आतिथ्यता सिनियर लायन प्रशान्त मानन्धरवाट भएको थियो। बज्राचार्य र मानन्धरले लायन्स क्लव पोलिटिकल ओरियन्टेट नभइकन सर्भिस ओरियन्टेट विश्वको अग्रणी संस्था भएकोले यसमा लाग्न मनैदेखि निस्वार्थ भावना लिएर आउनु पर्ने धारणा राखेका थिए।

चार्टर प्रेसिडेन्ट कसजुले स्वनिगःले छोटो अवधिमा सामाजिक सेवामा अग्रता हासिल गर्न सफलता प्राप्त गरेकोमा गौरबता व्यक्त गरे। कसुजुकै अगुवाई तथा सोचमा लायन्स क्लव अफ काठमाडौ स्वनिगःको स्थापना भएको हो। कसजुको कार्य अवधि यही जुन महिनासम्म रहेको छ। जुलाई महिनावाट नव–निर्वाचित प्रेसिडेन्ट धर्मकुमार श्रेष्ठ नेतृत्वले सम्हाल्ने छन्।
प्रकाशन मिति–२०७५ साल बैशाख २३ गते आइतवार ।