काठमाडौं। लायन्स क्लव अफ चाबहिल सिटी, दिर्घायु गुरु हस्पिटल चाबहिल र लायन्स कलब अफ काठमाडौ कैलाशको संयुक्त आयोजनामा स्वास्थ्य शिविर भएको छ। नुवाकोटको लिखु गाउँ पालिका, लिखु–५स्थित वेष्ट्रन इटर्नल स्कुलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।

उक्त शिविरमा ४८७ जना विरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरी औषधि वितरण गरिएको कार्यक्रमका संयोजक लायन सुवर्ण डंगोलले बताएका छन्। शिविरमा क्लब र दिर्घायु अस्पतालले लिखु गाउँ पालिकालाई स्वास्थ्य सम्बन्धी उपकरण समेत उपलब्ध गराईएको थियो।

कार्यक्रममा गाउँ पालिका उपाध्यक्ष रेजिना राईले लिखु गाउँ पालिकामा आएर स्वास्थ्य सेवा प्रदान गरेकोमा धन्यबाद व्यक्त गरेकी थिइन्।

उक्त शिविरमा स्वास्थ्य परिक्षण गरेका सम्पूर्ण विरामीहरुलाई आगामी दिनहरुमा दिर्घायु अस्पताल चाबहिलमा उपचारमा २० प्रतिशत छुट उपलब्ध गराउने अस्पतालका कार्यकारी निर्देशक सुरज श्रेष्ठले बताएका छन्।

शिविरमा दिर्घायु गुरु हस्पिटलको प्राविधिक सहयोग, डा.विकास नेपाल, डा.निमेश पौडेल, डा. कविता अधिकारी, डा. समिर अर्याल, डा. श्रीकृष्ण देबकोटा, डा. सुजन पोखरेल, डा. सन्तोष जोशीको विशेष सहयोगमा सम्पन्न भएको थियो।

शिविरमा सहभागी सम्पूर्णमा क्लबका अध्यक्ष लायन अजय खनालले धन्यबाद दिदैं आगामी दिनमा अन्य क्षेत्रमा पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।


प्रकाशन मिति–२०७५ साल पुष १५ गते आइतवार ।