Blood Donation Chabahil 1

काठमाडौ। लायन्स तथा लियो क्लव अफ चाबहिल र सेन्ट लरेन्स कलेजको संयुक्त आयोजनामा विहीवार रक्तदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय ३२५A2 का गर्भनर कृष्णप्रसाद अवालले रक्तदाताहरूलाई प्रशंसा पत्र वितरण गरेका थिए।

प्रमुख अतिथि अवालले लायन्स क्लव अफ चाबहिल र कलेजले मानवीय सेवामुखी कार्य गरेकोमा प्रशंसा गर्न चुकेनन् । क्लबका अध्यक्ष लायन विन्दुप्रसाद अर्यालले असहाय विरामीहरूको लागि रगत उपलब्ध गराउदै आएको र आगामी दिनमा पनि उपलब्ध गराउदै जाने प्रतिवद्धता व्यक्त गरे।

Blood Donation Chabahil 2

कार्यक्रमका संयोजक लायन सुवर्ण डंगोलले हरेक हप्ता रक्तदान कार्यक्रम हुँदैआएको र विहीवारको कार्यक्रममा १ सय २१ जना कलेजका विद्यार्थीहरुले रक्तदान गरेको जानकारी दिएका छन्।

लायन्स क्लव अफ चावहिलका अध्यक्ष लायन विन्दुप्रसाद अर्यालको अध्यक्षता सम्पन्न कार्यक्रममा, रिजन चियरम्यान लायन सुमन श्रेष्ठ, पूर्व अध्यक्षहरु लायन प्रद्युम्न जोशी, लायन कुमार श्रेष्ठ, क्लबका सचिव लायन राजेन्द्र दंगाल र कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले रक्तदान र यसको महत्वका बारेमा प्रकाश पारेका थिए।

Blood Donation Chabahil 3प्रकाशन मिति–२०७३ साल फागुन १९ गते विहीवार ।