Indrawatiकाठमाडौ। १२ बर्षपछि खोलो फर्कन्छ भनेजस्तै १२ बर्षअगाडि निर्माण संपन्न भएको बहुचर्चित नेपाली चलचित्र इन्द्रावती यही चैत्र १९ गतेवाट अलनेपाल रिलिज हुने भएको छ। निर्माण पक्षको आन्तरिक कारणले चलचित्र इन्द्रावती प्रदर्शनमा ढिलाइ हुन गएतापनि सही समयमा प्रदर्शन हुन गैरहेको जानकारी चलचित्र इन्द्रावतीका नायक उपेन्द्र तिमिल्सिनाले बताएका छन्।

भिजन संसारसंगको भेटमा नायक तिमिल्सिनाले चलचित्र इन्द्रावतीमा बहुचर्चित नायक श्रीकृष्ण श्रेष्ठ र नायिका विपना थापा पत्रकारको विशेष भूमिकामा रहेको बताएका छन्। अविरल बग्दछ इन्द्रावती नामक लामो भागको लोकप्रिय टेलिसिरियलको सफलतावाट प्रेरित भएर सोही सिरियलको सिक्वेल चलचित्रको रुपमा चलचित्र इन्द्रावती निर्माण भएको हो।

Indrabati Upendra, Saroj, Urusha 1मूलधारको चलचित्र इन्द्रावतीको कथा कहिलेपनि पुरानो नहुने र ओल्ड इज गोल्ड नै भएकोले इन्द्रावतीलाई नेपाली चलचित्रका दर्शकहरुले मन पराउने दावी नायक तिमिल्सिनाको रहेको छ। चलचित्र इन्द्रावतीमा शोभिते नामवाट चर्चा पाएका नायक तिमिल्सिनाको लालगेडी नायिकाको भूमिकामा रजनी राना रहेकी छन्।

रवि गिरीले खलपात्रको रोल गरेका छन्। इन्द्रावती नदीकिनारमा माझीदनुवारका कथावाट उठेको चलचित्र इन्द्रावतीको निर्देशन बद्री अधिकारीले गरेका छन्। चलचित्रको वितरण व्यवस्थापनको जिम्मेवारी चलचित्र अचानकका निर्माता सरोज शर्माले लिएका छन्। चलचित्र वितरक शर्मा चलचित्र इन्द्रावती नेपालीहरुको मौलिक कथावस्तु रहेको बास्तविक चलचित्र भएकोले यस चलचित्रप्रति सवैको आकर्षण रहेको भन्छन्।
प्रकाशन मिति–२०७२ साल चैत्र १४ गते आइतवार ।