Laltin 1

काठमाडौ। चलचित्र विषालुका चर्चित निर्देशक देवकुमार श्रेष्ठको निर्देशन रहेको पछिल्लो चलचित्र लालटिन हाल प्रदर्शनको तयारीमा रहेको छ। प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्र लालटीनको एक आइटम गीत सार्वजनिक गरिएको छ।

चमेली बोलको उक्त गीतमा नायिका प्रियंका कार्की हट अवतारमा प्रस्तुत भएकी छन्। जसमा नायिका कार्कीलाई हट अवतारमा प्रस्तुत गर्ने कार्य नृत्य निर्देशक कविराज गहतराजवाट भएको निर्देशक श्रेष्ठले भनेका छन्। किरण माइकलको शब्द र संगीत रहेको हट गीतमा गायिका आस्था राउतको गायन रहेको छ।

Laltin 2

चलचित्र लालटीनमा दयाहाङ राई, प्रियंका कार्की, अर्जुनजंग शाही, ए गुरुङ, भानुप्रताप, जनक बर्तौंला, रीया श्रेष्ठ, लीला माया, नवीन शाह, सुनिल कट्वाल, मोहनविक्रम श्रेष्ठ, कमल आले, रामकेशर बोगटीको लगायतले अभिनय गरेका छन्। निर्जन थापा र राज कट्वालले यस फिल्ममार्फत डेब्यु गरेका हुन्।

भानुप्रतापको प्रस्तुति, अनिम श्रेष्ठ र राज केसीको निर्माण एवं मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह–निर्माण रहेको फिल्मलाई एमसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो।


प्रकाशन मिति–२०७३ साल चैत्र ५ गते शनिवार ।