काठमाडौं। स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएयताको चार बर्षमा स्थानीयले धेरै राहत महशुश गर्न पाएको छ। अझ घर वाहिर आउन नसकेका असक्त बृद्ध–बृद्धाहरुलाई घर–घरमा पुगेर विशेष भत्ता देखि ज्येष्ठ नागरिक भत्तासम्म पनि घरमा नै लगेर वितरण गर्ने कार्य स्थानीय जनप्रतिनिधिहरुवाट हुंदैआएको छ।

यसक्रममा जेठ महिनाको प्रचण्ड गर्मीको चटारो अनि लकडाउनको चर्को मारमा पनि लिच्छबीकालिन वडा काठमाडौं महानगरपालिका वडा नंबर ५ की लोकप्रिय महिला वडा सदस्य मीना सिंहको बुधवार निक्कै व्यस्तता देखियो। ७५ बर्ष नाँघेका बृद्धबृद्धाहरुलाई सरकारले प्रदान गर्ने वार्षिक महानगरीय बिशेष बृद्ध भत्ता  वितरण गर्न नबिल बैंक पुगेर आफै लामो लाइन बसेर भएपनि निकालेर वडावाट र वडामा आउन नसक्ने बृद्धबृद्धाहरुलाई घर–घरमा पुगेर वितरण गर्ने कार्यमा निक्कै व्यस्त भएको पाइयो।

लिच्छवीकालिन नगर हाँडीगाउं, मालिगाउं लगायतका ऐतिहासिक टोल समेटिएको काठमाडौं महानगरपालिका वडा नंबर ५ आफैमा गौरबता वोकेको वडा हो। जहाँ लिच्छवीकालिन राजा अंशुवर्माको दरवार पनि रहेको छ। जसको उत्खन्न र अन्वेषण हुन वाँकी रहेको छ। यस वडाको नेतृत्व लोकप्रिय वडा अध्यक्ष रमेश डंगोलको कुशल नेतृत्वमा रहेको छ। जसमा मीना सिंह जस्ती फरासिली र जागरुक जनप्रतिनिधिको अगुवाइ पनि भएको कारण महिला, बालबालिका तथा बृद्धबृद्धाहरुको सहयोगमा उल्लेखनीय योगदान पुग्न गएको स्थानीयको भनाई रहेको छ।

त्यसमाथि, ६० बर्षदेखि ६४ बर्षसम्मका लागि प्रदान गरिएको कोरोनाभाइरस विरुद्धको चाइनिज भेरोसिल खोप वितरण गर्ने कार्यमा पनि वडा टीम सक्रियतापूर्वक लागेको जानकारी पनि वडा सदस्य सिंहले भिजन संसार डटकमलाई दिएकी छन्। वडा सदस्य सिंहका अनुसार, मंगलवार पुरुष ९५ र महिला १०५ गरेर २०० जनालाई र बुधवार पुरुष १०८ र महिला १४२ गरेर २५० जनालाई चाइनिज भेरोसेल खोप दिइएको छ।


प्रकाशन मिति–२०७८ साल जेठ २६ गते बुधवार ।