काठमाडौं। बालबालिका सम्बन्धी सौदर्य प्रतियोगिता ‘लिटिल स्टार अफ दि इयर २०१८’को (दोस्रो सिजन) सुरु हुने भएको छ । एनोवेसन इभेन्ट म्यानेजमेन्टको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो।

बालबालिकाको प्रतिभा निखार्दै उनीहरुको सुनौलो भबिष्य निर्माणतिर अग्रसर गराउने उदेश्यले गत बर्षबाट यो प्रतियोगिता सुरु गरिएको एनोवेसन इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक महेश केसीले बताएका छन्।

७ देखि १४ बर्ष उमेरसम्मका बालबालिकाले प्रतियोगिता लागि आवेदन दिन सक्नेछन् । ७ देखि ९, १० देखि १२ र १३ देखि १४ सम्म गरि भिन्न भिन्नै तीन समूहको बिजेता छानिने छन् । प्रतियोगितामा लागि आवेदन फर्म दरबार मार्गस्थित सिडब्लु रेष्टुरेन्टमा उपलब्ध हुने पनि आयोजकले भनेको छ।
प्रकाशन मिति–२०७४ साल पुष २ गते आइतवार ।