काठमाडौ। यो बर्षको सर्वोत्कृष्ट प्रिन्सिपल अवार्डवाट लिट्टल एन्जेल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्मा अवार्डेट बनेका छन्। श्याम तण्डुकार प्रधान सम्पादक तथा प्रकाशक रहेको शिक्षालय मासिक पत्रिकाको आयोजनामा भएको नेशनल एजुकेशन अवार्ड कार्यक्रममा भव्य रुपमा प्रिन्सिपल शर्मालाई सम्मान गरेको हो।

शर्मालाई यो बर्षको प्रिन्सिपल अफ द इअर अवार्डवाट अवार्डेट गरेको हो। अत्यन्त मृदभाषी तथा शिक्षासेवी प्रिन्सिपल शर्माको सम्मान उच्च–सम्मान भएको प्रतिक्रिया मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी कार्यकारी निर्देशक मोहना क्षेत्रीले भिजन संसार डटकमलाई दिएकी छन्।

कार्यकारी निर्देशक क्षेत्री आफूले पनि प्रिन्सिपल शर्माको अण्डरमा रहेर लामो समय लिट्टल एन्जेल्स स्कुलमा कार्य गरेको र सरको मेहनतको प्रतिफल मिलेको बताएकी छन्।


प्रकाशन मिति–२०७५ साल साउन २९ गते मंगलवार ।