ललितपुर । नेपालका ख्यातिप्राप्त मोडल तथा इन्टरनेशनल फेसन कोरियोग्राफर राज फैजु फाउण्डर डाइरेक्टर रहेको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा अर्को धमाकादार कार्यक्रम भएको छ।

लिट्टल प्रिन्स एण्ड प्रिन्सेस नेपालको आठौ संस्करण तथा टीन प्रिन्सेस डिभाको तेश्रो संस्करणको कुपण्डोल स्थित सनराइज क्याफेको सभाहलमा धमाकादार ट्यालेन्ट–शो भएको हो। ३१ जना प्रतियोगीहरुले आफूभित्रका गजब–गजबका प्रतिभा प्रदर्शन गर्ने कार्य गरेका थिए।

ट्योलेन्ट–शोको जजमेन्ट चन्द्रागिरि टेलिभिजनका फाउण्डर डाइरेक्टर तथा अभिनेता र निर्देशक अमृतमान महर्जन, प्रसिद्ध फोटोग्राफर च्याङ्गवा लामा, चर्चित लोकदोहरी गायिका उमा श्रेष्ठ, थियटर आर्टिष्ट शिशिर शिवाकोटी र डान्स कोरियोग्राफर रोशन श्रेष्ठको पाँच सदस्यीय निर्णायक मण्डलले गरेका थिए।

यही बैशाख २२ गते भव्य तथा सभ्यका साथ काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा यस दुवै कन्टेस्टको फाइनल प्रतियोगिता हुने फाउण्डर डाइरेक्टर फैंजुले बताएका छन्। यी दुवै कार्यक्रममा ९ देखि १२ उमेर समूहका २१ जना र १३ देखि १५ बर्ष उमेर समूहका १० जना रहेका छन्।


प्रकाशन मिति–२०७५ साल बैशाख १५ गते शनिवार ।