–सुनकुमार अवाल
काठमाडौं। लघुउद्यम तथा लघुउद्योग पनि नपत्याउंदो तरीकाले आय–आर्जनका लागि राम्रो माध्यम बन्ने गरेको छ। यसवाट कतिले नपत्याउंदो तरीकाले आफू र परिवारलाई मज्जाले पाल्ने कार्य गर्दैआएको छ। आफू र आफ्नो परिवारलाई मात्र नपालिकन कम्तिमा पनि दुईजनालाई रोजागर दिएर उनीहरुको परिवारलाई पनि पाल्ने कार्य लघुउद्यमवाट भैएको पाइएको हो।

यसको उदाहरण लिला पौडेल देखिएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे थातथलोका लिला पौडेल काठमाडौंको कोटेश्वरमा आएर घाँस र डोरी लघुउद्यम संचालन गरेर आफू र आफ्नो परिवार पाल्नुको अलावा दुईजनालाई रोजगार दिन सफल भएका छन्।

कोटेश्वर भाटभटेनी पछाडि लक्ष्मीनारायण मन्दिर नजिक सूर्यकोटमा १ रोपनी जग्गा लिजमा लिएर यस उद्यमलाई केही वर्षअगाडि देखि संचालन गर्ने कार्य लिला पौडेलवाट भएको हो।

घर निर्माण गर्दा चाहिने डोरी तथा पशुपालन नभई नहुने घाँसको उत्पादन गर्ने कार्यमा लिला पौडेलको दिन मज्जाले वितिरहेको छ। हेर्दा मिहिन देखिएतापनि आय–आर्जनका लागि गजबको काम भएको छ।

प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।