काठमाडौं। निश्चित रुपमा लुकेर लाएको मायाको स्वाद नै बेग्लै हुन्छ। अनि त्यो लुकेर लाएको मायामा जीउ ज्यानै भारी हुने पनि हुने गर्दछ। मायाका हजारौ परिभाषाभित्रको एक यस परिभाषामा परिश्रमी गीतकार डीपी परिश्रमीले गीतको बोल नै लुकी लुकी माया लाउंदा जीउ ज्यानै भारी भयो रहेको छ।

ज्यादै मिठो कोकिलकण्ठी गायिका मिलन अमात्य नेवारको गायन रहेको यस गीतमा नेपाली सांगीतिक बादशाह शंभुजीत बांस्कोटाको संगीत रहेको छ। यिनै गीतको प्रेमिल म्युजिक भिडियो डिलाइटेड नेपालले सार्वजनिक गरेको छ। जसमा आशिष दाहाल, करिश्मा ढकाल र सुदिप भट्टराईको प्रेमिल अभिनय रहेको छ।

गीत रोमान्टिक शैलीको छ। यस गीतको भिडियोलाई नमराज घिमिरेले खिचेका हुनभने सम्पादन, कलर, तथा निर्देशनको काम शक्ति प्रज्वल घिमिरेले गरेको जानकारी प्रेमिल परिश्रमी गीतकार डीपी परिश्रमीले भिजन संसार डटकमलाई बताएका छन्।

प्रकाशन मिति–२०७६ साल चैत्र १ गते शनिवार ।