काठमाडौं। काठमाडौं उपत्यकामा जारी लकडाउनमा नीजि सवारी साधन र भाडाका ट्याक्सी तथा पठाओ लगायतका राइडरमा जोरबिजोर प्रणाली लागू गरी  खुकुलो पारिएपछि मंगलबार सडकमा चहलपहल बढेको छ।

लकडाउनलाई केही खुकुलो पार्दै काठमाडौं उपत्यकाको तीन वटा जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंका प्रशासन कार्यालयले निजी सवारी साधनहरुलाई जोरबिजोर प्रणालीबाट सन्चालन गर्ने निर्णय गरेको हो।

त्यस्तै बार अनुसार पसलहरु पनि खुल्न थालेका छन्। सवारीको चाप बढेसँगै सडकमा धेरैपछि ट्राफिक जाम भएको छ। दुई महिनादेखि बन्द रहेका व्यापारिक केन्द्रहरुमा बिहानैदेखि चहलपहल बढेको छ।

सुनचाँदी पसल, भाँडाकुँडालगायत पसलहरु खुल्न थालेका छन्। पसलहरु खुलेसँगै सर्वसाधारणको आवतजावत पनि बढेको छ।

 

प्रकाशन मिति–२०७८ साल असार ८ गते मंगलवार ।