bhirahawa-mapकाठमाडौ। बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको छ । विश्व शान्तिको केन्द्र लुम्बिनी पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सिद्धार्थनगर भैरहवा आउँदा बुद्धको झझल्को दिने गरी सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान सुरु गरिएको हो।

bhairahawa-3राससका अनुसार,प्रवेशद्वारको रुपमा रहेको सिद्धार्थनगर भैरहवालाई बुद्धमय नगरी बनाउने उद्देश्यअनुसार पहिलो चरणमा भैरहवाको प्रमुख बजार बैंकरोडका पसल तथा घरमा बौद्ध झण्डा राख्ने अभियान आजदेखि सुरु भएको हो ।

bhairahawa-2बुद्धनगरी भैरहवामा अहिलेसम्म भैरहवाको बुद्धचोकमा बुद्धमूर्ति र देवकोटा चोकमा बुद्धको अर्ध कदको सालिक तथा लुम्बिनी रोडमा वैदिक सनातन धर्म सेवा समितिले निर्माण गरेको लुम्बिनी द्वार मात्र थिए । सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियानस्वरुप एउटै रङका बुद्धको झण्डा र घरमा रङ प्रयोग गर्ने गरी अभियानको थालनी गरिएको अभियानमा सामेल भैरहवा मर्निङवाक ग्रुपले जनाएको छ।

bhairahawa-1

अभियानलाई सिद्धार्थनगर नगरपालिकाले पनि आवश्यक नीतिगत सहयोग गर्ने जनाएको छ। पाँचवटा रङ नीलो, पहेंलो, रातो, सेतो र कलेजी मिश्रित रङले बौद्ध झण्डा बनाइएको हुन्छ।
प्रकाशन मिति–२०७३ साल पुष १४ गते विहीवार ।