काठमाडौं। बौद्ध धर्ममा दान मध्येको महादान मानिएको सामुहिक पञ्चदान कार्यक्रमवाट उठेको सहयोग रकम शनिवार हस्तान्तरण भएको छ।

नेपाल परम्परागत बौद्ध धर्म संघ, काठमाडौं शाखाव्दारा आयोजित कार्यक्रममा सामूहिक पञ्चदान कार्यक्रम मूल समिति २०७६ ले पञ्चदान कार्यक्रमवाट उठेको सहयोग रकम हस्तान्तरण गरिएको हो।

पञ्चदान कार्यक्रमवाट उठेको नगद ५ लाख ३० हजार रकम सामूहिक पञ्चदान कार्यक्रम मूल समितिका संयोजक मञ्जुश्री रत्न बज्राचार्यले नेपाल बज्रयान महाविहार सचालक समितिका उपाध्यक्ष क्या.चन्द्रवहादुर शाक्यलाई हस्तान्तरण गरेका थिए।

लुम्बिनीमा बनिदै गरेको नेपाल बज्रयान महाविहारको लागि उक्त सहयोग हस्तान्तरण गरिएको हो। काठमाडौको ज्याठा टोलस्थित गुणाकर महाविहार छुस्यावहालमा आयोजित कार्यक्रम गरिएको हस्तान्तरण कार्यक्रममा सामूहिक पञ्चदान कार्यक्रम २०७६ को प्र्रगति–प्रतिवेदन सचिव दशरत्न बज्राचार्य र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सप्तमान बज्राचार्यले प्रस्तुत गरेका थिए।

नेपाल बज्रयान महाविहार लुम्विनीका मूल चक्रेश्वरी नीता गुरुमाँको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। कार्यक्रमको स्वागत भाषण सामूहिक पञचदान कार्यक्रमका सह–संयोजक भीमरत्न बज्राचार्यले गरेका हुन् भने, नेपाल परम्परागगत बौद्ध धर्म संघ कान्तिपुर शाखाका सह–सचिव तथा प्रसिद्ध अन्तरसंचारकर्मी धर्मरत्न बज्राचार्यले कार्यक्रम संचालन गरेका थिए।

प्रस्तुत छ–हस्तान्तरणको भिडियो रिपोर्ट–

प्रकाशन मिति–२०७६ साल असोज १९ गते आइतवार ।