Srasta Samman 1काठमाडौ। लूनकरणदास गङ्गादेवी साहित्यकला मन्दिरले स्थापनाको २३ औँ वर्ष प्रवेशका अवसरमा बुधवार विभिन्न साहित्यकारहरुलाई स्रष्टा सम्मान प्रदान गरेको छ। संस्थाका अध्यक्ष वसन्तकुमार चौधरीले ती सम्माान र पुरस्कार प्रदान गरेका हुन्।

गङ्गादेवी चौधरी स्मृति सम्मान प्राज्ञ तोया गुरुङलाई, सरस्वती सम्मान गीतकार कालिप्रसाद रिमाललाई, इतिहास शिरोमरणि बाबुराम शोधसम्मान प्रा. हरिकान्तलाल दासलाई, नारायणगोपाल सङ्गीत सम्मान दीप श्रेष्ठलाई, अरनिको ललितकला सम्मान उत्तम नेपालीलाई, बालकृष्ण सम रङ्ग सम्मान महेन्द्र मलङ्गियालाई र नेपाल प्रतिभा सम्मान मीरा राईलाई प्रदान गरिएको हो।

अध्यक्ष चौधरीले सिर्जनाले राष्ट्रियस्तरमा मात्र होइन अन्तर्राष्ट्रियस्तरमा पनि छाप पार्ने भएकाले सर्जकलाई सम्मान गर्ने परम्पराको थालनी गरिएको सम्मान समारोहमा बताएका छन्। सोही सम्मान कार्यक्रममा बसन्त चौधरीले लिखित जीवन मन्त्र नामक कविता संग्रहको पनि विमोचन गरिएको थियो।

Srasta Samman 2
प्रकाशन मिति–२०७४ साल बैशाख २७ गते बुधवार ।