काठमाडौं। नेपालको लोकदोहरीको क्षेत्रमा शालिन गीत गायनवाट बेग्लै इमेज कायम गर्न सफल लोकदोहरीकी रानी चर्चित गायिका उमा श्रेष्ठ सम्मानि बनेकी छन्। गायिका श्रेष्ठलाई एपिक नेपाल म्युजिक अवार्ड २०७५ वाट सम्मान गरिएको हो।

नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवाट गायिका श्रेष्ठलाई एपिक नेपाल अवार्ड प्रदान गरिएको हो। शनिवार आयोजित कार्यक्रममा गायिका श्रेष्ठलाई आधी गाग्रो पानी छल्किन्छ बोलको गीतको लागि सर्वोत्कृष्ट लोकदोहरी अवार्ड प्रदान गरिएको थियो।

सोही गीतका गायक डीबी लोप्चनलाई पब्लिक च्वाइस अवार्ड प्रदान गरिएको पनि गायिका श्रेष्ठले भिजन संसार डटकमलाई बताएकी छन्। कार्यक्रम काठमाडौंको ठमेल स्थित छायाँ कम्पलेक्समा भएको थियो।
प्रकाशन मिति–२०७५ साल माघ ६ गते आइतवार ।