काठमाडौं। इजरायलका लागि लोकप्रिय नेपाली राजदूत डा.अञ्जान शाक्यको पहलमा इजरायल र नेपाल वीच कृषि क्षेत्रमा सहकार्य हुंदैआएको छ। यसलाई बढावा दिने कार्यमा राजदूत डा.शाक्यले इजरायलका कृषि मन्त्री H. E. Oded Forer संग शुक्रवार इजरायली संसद (The Knesset)मा नै भेटघाट गरेकी छन्।

मन्त्रीका सल्लाहकार, कृषि मन्त्रालयका वरिष्ठ अधिकारी Mr. Yakov Poleg तथा दूतावासका द्वितीय सचिव सहितको सो भेटघाटका क्रममा नेपाल – ईजरायलबीच कृषि क्षेत्रमा सहकार्य हुँदै आएका तथा आगामी दिनमा अगाडि बढाउन लागिएका विभिन्न विषयमा छलफल भएको जानकारी राजदूत डा.शाक्यले दिएकी छन्।

दुई देशबीच यसअघि नै सरकारी स्तरमा छाता श्रम सम्झौता भइसकेकोले Implementation Protocol मा हस्ताक्षर गरी अव इजरायलको कृषि क्षेत्रमा समेत नेपालीहरु ल्याउने प्रक्रिया अगाडि बढाइदिन राजदूत डा. शाक्यले मन्त्रीसमक्ष अनुरोध गरेकी छन्।

जवाफमा मन्त्रीले यसका लागि आफूले सक्दो पहल गर्ने बताएको जानकारी पनि राजदूत डा.शाक्यले दिएकी छन्। इजरायली कृषि मन्त्रीले नेपाली राजदूतको पहल र मेहनतलाई सम्मान गर्दै विदेशी कामदारको कोटा बढाएरै भएपनि नेपालबाट कृषक ल्याउन चाँडै सम्झौता गर्ने वचनवद्धता व्यक्त गरेको खुलासा पनि राजदूत डा.शाक्यले गरेकी छन्।

प्रकाशन मिति–२०७८ साल असोज २३ गते शनिवार ।