ललितपुर। ललितपुर महानगरपालिका वडा नंबर ५ का जनप्रिय तथा लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको स्वच्छ तथा सफा र धुलो–धुँवारहित वडा वनाउने अभियानले मूर्तता पाउंदै गएको छ। वडा अध्यक्ष श्रेष्ठको कमाण्डमा वडा स्वच्छ तथा सफा र धुलो–धुँवारहित वन्दै गएको हो।

यसक्रममा वडा अध्यक्ष श्रेष्ठको अभियानमा ब्रिटिश गोर्खा नेपालले विहीवार विशेष सहयोग नै गरेको छ। ३ लाख ६५ हजार बराबरको स्टाण्ड सहितको व्यवस्थित डस्टविन सहयोग गरेको हो। ललितपुर महानगरपालिका वडा नंबर ५ क्षेत्रमा रहेको जाउलाखेल देखि मानभवन, कुमारीपाटी, लगनखेल, पाटन अस्पताल, महालक्ष्मीस्थान, दक्षिणकाली मन्दिर थसिखेल लगायतका स्थानमा ब्रिटिश गोर्खा नेपालले सहयोगमा प्राप्त भएको ५२ थान स्टाण्ड सहितको डस्टविन राख्ने कार्य भएको छ।

वडा अध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हस्तान्तरण तथा प्रतिस्थापन कार्यक्रममा वडा अध्यक्ष श्रेष्ठका साथमा महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठ, वडा सदस्य अशोक कुमार श्रेष्ठ, वडा सदस्य पूनम निरौला, वडा सदस्य मञ्जु रिजाल लगायत वडा परिवारको विशेष आतिथ्यता रहेको थियो।

साथमा ब्रिटिश गोर्खा नेपालका गोर्खा मेजर मुक्ति गुरुङ, सफाइ ठेकेदार नेप्से म्याकका महाप्रवन्धक लक्ष्मी गेलाल लगायतका टीमको सहभागिता रहेको थियो। ब्रिटिश गोर्खा नेपालको यसप्रकारको सहयोगवाट वडालाई अझ स्वच्छ, सफा र हराभरा बनाउन धेरै सहयोग गरेको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमसंगको कुराकानीमा भनेका छन्।
प्रकाशन मिति–२०७७ साल माघ ८ गते विहीवार ।