Lok Man Sing Karkiकाठमाडौ। सत्तासीन कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि संसद्मा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ।

सभामुख ओनसरी घर्तीद्वारा गठित प्रस्ताव छनोट समितिमा कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले संवैधानिक निकायका पदाधिकारीविरुद्ध ध्यानाकर्षणको प्रस्तावमा छलफल गर्न संसद् नियमावलीले नदिने भन्दै कार्कीविरुद्धको प्रस्ताव अघि बढाउन नहुने अडान राखेका थिए।
प्रकाशन मिति–२०७३ साल भदौ १३ गते सोमवार ।