काठमाडौं। भारतको लोकसभाको चुनाव प्रचारमा बलिडका उम्मेदवार कलाकारहरुको पनि तिब्रता छ। यसक्रममा बलिउडकी ख्यातिप्राप्त अभिनेत्री एवं बिजेपी सांसद हेमा मालिनी खेतमा गहुँ काट्न पुगेकी छन्। मार्च ३१ मा चुनावी अभियान सुरू गरेकी हेमा मालिनी खेतमा गहुँ काट्न पुगेकी हुन्। हेमा मालिनी २०१९ लोकसभाको चुनावमा पुनः मथुराबाट चुनावी मैदानमा उत्रिएकी हुन्।

सामाजिक संञ्जालमा गहुँ बारीमा खिचाएको तस्विर सेयर गर्दै हेमा मालिनीले गोवर्धन क्षेत्रबाट क्याम्पेन सुरू गरेको जानकारी दिएकी हुन्। हेमा मालिनीले खेतमा काम गरिरहेका महिलासँग कुरा गर्ने मौका पाएकोमा खुसी व्यक्त गर्दै पहिलो दिनको चुनावी अभियानका केही फोटो सामाजिक संञ्जालमा सेयर गरेकी हुन्।

हेमा मालिनीले खेतमा बाली काटेको फोटो १२ घण्टामा नै करिब एक हजार मानिसले कमेन्ट गरे । थुप्रै प्रशंसकले उनलाई पुनः जित हासिल गर्न शुभकामना दिए भने कतिले उनीमाथि स्टन्ट गरेको आरोप लगाए। चुनाव प्रचारको क्रममा लोकप्रियताका लागि प्राय उम्मेदवारहरुले यस प्रकारका विभिन्न कार्य गरेर मतदाताका मन जित्ने कार्य गर्ने गर्दछन्।
प्रकाशन मिति–२०७५ साल चैत्र १९ गते मंगलवार ।