काठमाडौं। लोक गीत संगीतको क्षेत्रमा उर्बर गायिका मञ्जु थापाले गीत गायनको अलावा म्युजिक भिडियोको अभिनयमा पनि छलाङ मारेकी छन्। यसक्रममा गायिका थापाकै प्रस्तुतिमा माया लाउदै जाऊ नामक भिडियो नै सार्वजनिक भएको हो।

जसमा बुनियाद गीतका ख्यातिप्राप्त गायक आनन्द कार्की र भारतीय सुपरस्टार गायिका साधना सरगमको गायन रहेको छ। माया लाउदै जाऊ बोलको गीतको भिडियोमा लोक गायिका थापा समसामयिक नेपाली चलचित्रका ख्यातिप्राप्त नायक धीरेन शाक्यसंग दमदार अभिनय गरेर थप उचाईमा पुगेकी छन्।

गायिका थापा र नायक शाक्यको गृहनगर पाल्पाको रानीमहल लगायतका मनमोहक स्थानमा छायाँकन भएको भिडियोमा नायक शाक्यसंग गायिका थापाले प्रेमिल अभिनय गरेकी छन्। जुन स्वभाविक अनि मनमोहक रहेको छ।

आनन्द अधिकारीको शब्द र सचिन सिंहको संगित रहेको गीतमा रम्नुको मज्जा नै बेग्लै रहेको गायिका थापाको भनाइ छ। भिडियोलाई कमल राईले निर्देशन गरेका हुन ।

प्रकाशन मिति–२०७९ साल साउन ७ गते शनिवार ।