Gagan Thapa with Anjana & Arjunकाठमाडौ। विवाहिता महिलाको लागि बाउपछिको नजिकको मान्छे भनेको लोग्ने नै हो। तिनै बाउ तथा लोग्ने एक अर्का वीच प्रतिस्पर्धी बन्दा तेश्रो व्यक्तिको जित हुंदा ती महिलाको मनमा कस्तो बेचैन उत्पन्न हुन्छ भन्ने कुरा युवा नेता गगन थापाको पत्नी तथा बरिष्ठ नेता अर्जुननरर्सिह केसीको छोरी अन्जना केसी थापामा परेको छ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वको चुनावमा महामन्त्री पदमा फरक प्यानलवाट उम्मेदवार बनेका थापा र केसी पराजित बनेपछि अन्जनामा आक्रोश पैदा भएको छ। प्रत्येक अवसर हामीले हाम्रो भाग्य छनौटका लागि पाउंछौ, हामी गलत विकल्प रोज्छौ, विचरा हामी नेपाली भनेर सामाजिक संजाल फेसवुकमा स्टाट्स लेखेर बीपी पुत्र भएकै कारण डा.शशांक कोइरालालाई मतदान गर्ने कांग्रेसीहरुसंग पोख्ने कार्य अन्जनावाट भएको छ।

अन्जना बाउ या लोग्ने मध्ये एकको निश्चित रुपमा जित हुने जिकिरमा रहेको अवस्थामा त्यसप्रकारको नतिजाले उनी आक्रोशित बन्नु स्वभाविक हो। यसो भएतापनि अन्जनाको पति गगन थापाले भावुक विज्ञप्ति जारी गरेर आफूलाई मतदान गर्नेहरुलाई धन्यवाद दिएका छन्। बाउ अर्जुननरसिंहले नयाँ नेतृत्वलाई बधाई भनेका छन्। अन्जनाको आक्रोसका संवन्धमा थापा र केसी मौन बनेका छन्।

प्रकाशन मिति–२०७२ साल फागुन २७ गते विहीवार ।