Load shedding image 1

काठमाडौ। नेपाल विद्युत प्राधिकरणले पुष २० गते सोमवारदेखि लागू हुनेगरी लोडसेडिङ्ग तालिका परिवर्तन गरेको छ। अव लोडसेडिङ्ग हप्ताको ८६ घण्टा पुर्याएको छ। १० दिनअघि मात्र साताको ७७ घण्टा लोडसेडिङ्ग बढाएको प्राधिकरणले थप साताको ९ घण्टा बढाएर नेपाली जनतालाई राहत नभइकन आहत पुर्याउने कार्य गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अव सातामा तीन दिन १३\१३ घण्टा। एकदिन १५ घण्टा, एक दिन १४ घण्टा र एक दिन ८ घण्टा बत्ती जानेभएको छ। विद्युतको व्यापक माग बढिरहेको अवस्थामा नदीमा जलस्तर घटेकोले विद्युत उत्पादनमा निक्कै कमी आएकोले लोडसेडिङ्ग बढाउन बाँध्य भएको लाचारिता प्राधिकरणले प्रेस विज्ञप्ति मार्फत सूचित गरेको छ।

Loadshedding-Schedule

प्रकाशन मिति–२०७२ साल पुष १९ गते आइतवार ।