nea-board-memberकाठमाडौ। नेपालमा लोडसेडिङ्ग हटाउने व्यापक अभियान भैरहेको छ। सोही अनुरुप राजधानी काठमाडौ लगायत भक्तपुर र ललितपुरमा गत महिनावाट करिब–करिब लोडसेडिङ्ग मुक्त भएको छ।

लोडसेडिङ्ग हटाउनको लागि ऊर्जा मन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग अहोरात्र लागिरहेको बेलामा नेपाल विद्युत प्राधिकरणका तीनजना सञ्चालकहरुले यस कार्यमा बारम्बार अवरोध गरेको भनेर नेपाल सरकारले उनीहरुलाई सोमवारवाट बर्खास्त गरेको छ।

ऊर्जा मन्त्रालयका अनुसार बर्खास्त गरिएका नेपाल विद्युत प्राधिकरणका सञ्चालक समितिका सदस्यहरुमा लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछाने रहेका छन्। राष्ट्रहितको काममा यी तीन सञ्चालकले अवरोध गरेको र उनीहरुले सरकारलाई दिएको स्पष्टिकरण चित्तबुझ्दो नभएकोले बरखास्त गरेको ऊर्जा मन्त्रालयले भनेको छ।
प्रकाशन मिति–२०७३ साल पुष ४ गते सोमवार ।