काठमाडौं। पश्चिम नेपालको अर्घाखाची जिल्लाको सन्धीखर्क–६ भुवनडाँडामा जन्मी–हुर्केका ज्यानदार सदावहार अभिनेता शितल केसीको व्यापक चर्चा फिल्मलाइनमा नआउंदै भएको हो।

फिल्मी ज्यान तथा रुपरङका कारण अभिनेता शितल केसीको त्यसरी व्यापक चर्चा भएको हो। विसं.२०६० साल अघि अर्घाखाचीवाट क्याम्पस पढ्न बुटवल झरेदेखि शितल केसीको गजबले चर्चा चलेको कसैवाट छिपेको छैन्। त्यो बेला बुटवल बहुमुखी क्याम्पस पढ्दा नै सवैको नजरमा परेका शितल केसीको त्यहाँको श्रीनगर फोटो स्टुडियोले फोटो खिचेर प्रिन्ट गरेर प्रकाशनमा ल्याइदिदा हातहातै विक्री भएको थियो। जसको अत्यन्त चर्चा समेत भएको थियो।

त्यसलेगर्दा काठमाडौंवाट धेरै चलचित्र निर्माता तथा निर्देशकहरु शितल केसीलाई फिल्म खेलाउन हानथाप गरेर बुटवल पुगेका थिए। त्यसरी बुटवल आइपुगेका दर्जनौ निर्माता तथा निर्देशकहरुलाई चलचित्रको खासै कुनै ज्ञान तथा सीप आफूमा नभएको कारण रित्तै फर्काउन बांध्य भएको यथार्थता शितल केसीले नामी साप्ताहिकसंगको कुराकानीमा बताएका छन्।

५ फिट ८ इञ्चका लोभलाग्दो ज्यानका आकर्षक धनी शितल केसीलाई त्यो बेला फिल्मी–मोहले खासै छोएको पनि थिएन। पछि विसं.२०६० सालतिर व्याचलर पढ्न बुटवलवाट काठमाडौं आउंदा भने नछोएको फिल्मी मोहले शितल केसीलाई छोइहाल्यो। सवैले हिरोलाई जस्तै आँखा तानी तानी हेर्न थालेपछि आफूलाई सेलिब्रेटी जस्तो अनुभव गर्न थालेका शितल केसीले फिल्मलाइनमा आउने तयारी गर्न थाले। अर्थात फिल्मी सीप र ज्ञान हासिल गर्न अभिनयका गुरु उमेश मायालुसंग अभिनय कला तथा नृत्यका गुरु दिनेश अधिकारीसंग नृत्य लगातार तीन बर्ष सिकेपछि फिल्मलाइनमा हाम फालेका हुन।

त्यो पनि लामो भागको त्यो बेलाको सुपरहिट टेलिसिरियल गहनावाट ब्रेक पाएका हुन्। गहनाका निर्देशक श्याम भट्टराईले गहनामा ब्रेक दिएपछि राष्ट्रकै गहना बनेका गहनामा शितल केसीको गहनाको प्रारम्भमा नायिका कृति भट्टराई बनेकी थिइन्। त्यसपछि भने, उनको स्थानमा अरुणिमा लम्सालले स्थान पाएकी हुन्। गहना पश्चात गहनाजतिकै सुपरहिट अर्को लामो भागको टेलिसिरियल बरिष्ठ निर्देशक दीपक रायमाझी निर्देशित बंशमा अभिनय गरेका शितल केसीका लागि बंश सिरियल अभिनयको बंश धान्ने सिरियल नै सावित बन्यो।
यो सिरियलवाट शितल केसीले अग्रता पाएका थिए।

बंश पछि अर्का बरिष्ठ निर्देशक शंभु प्रधानको हिट सिरियल तिमी पुरुषमा पनि पुरुष पात्रको दमदार अभिनय गरेका शितल केसी गहना, बंश र तिमी पुरुष सिरियलवाट थाहै नपाइकन सुपरहिट बनिसकेका थिए। त्यो बेला ठूला पर्दामा राजेश हमाल सुपरहिट थिए भने, साना पर्दामा शितल केसी सुपरहिट । त्यसमाथि नायक राजेश हमालको अनुहारसंग अनुहार मिलेका कारण शितल केसीले कतिपयले भाइ राजेश हमाल पनि भन्ने गरेका थिए। यसलेगर्दा त्यो बेला ठूला पर्दामा दाइ राजेश हमाल सुपरहिट र साना पर्दामा भाइ शितल केसी सुपरहिट भन्ने उखानजस्तै अत्यन्त चर्चा पाएको थियो।

त्यसपछि भाग्य आ–आफ्नो, परिवन्द, आफन्त, यात्रा जिन्दगी, शंका लगायतका डेढ दर्जन हिट टेलिसिरियलहरुमा गजबले अभिनय गरेर अभिनयको सदावहारता कायम गरेपछि ठूलो पर्दाको चलचित्रमा ब्रेक पाएका थिए। ऋषि न्यौपाने निर्देशित चलचित्र जालवाट ठूलो पर्दाको चलचित्रमा पहिलो ब्रेक पाएका हुन। सोही चलचित्रवाट नव नायकको अवार्ड पनि सोही बेला शितल केसीले हात पारेका थिए ।

धेरै होइन, थोरै गर्ने र राम्रो चलचित्र गर्ने सोचका शितल केसीले जति चलचित्र गरेका छन्, ती सवै चलचित्रको स्क्रिप्ट र स्टोरी हेरेर मात्र राम्रा चलचित्र मात्र खेलेका छन्। त्यसलेगर्दा पनि उनलाई कम समयमा धेरै सफलता मिलेको हो। जाल पछि आफन्तको माया, व्दन्द, त्रिदेव, अभियान, दिवानापन, हाम्री चेली, मेरो राजेश दाइ, हाउ फन्नी, सम्हालीराख है, पापी संसार, एकपलको जीवन, जंगली माया लगायत डेढ दर्जन चलचत्रमा अभिनय गरिसकेका छन्।

१ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेको बताउने शितल केसी यो बर्ष भएको नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा सर्वाधिक पपुलर मत पाएर केन्द्रिय सदस्यमा विजयी बनेका छन्। त्यस्तैगरेर शितल केसी अर्घाखाची कलाकार समाज काठमाडौंका अध्यक्ष पनि हुन्। विभिन्न सामाजिक सेवामा पनि उत्तिकै सक्रिय शितल केसी खेलकुदमा भलिबल र फुटबलका राम्रा खेलाडी पनि हुन्। उनी हालै दुबईमा आयोजित दोश्रो छायाँछबि बेस्ट एक्टर अवार्डवाट अवार्डेट पनि बनिसकेका छन्।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल फागुन ३ गते शनिवार ।