काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना भित्र प्रधानमन्त्री कार्यालयबाट कागजी ढड्डा प्रणाली हटाइने घोषणा गरेका छन् ।

मन्त्रीपरिषदको बैठकलाई समेत कागजमुक्त बनाउने भन्दै ओलीले ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई पदबाटै बिदा गरिने चेतावनी दिए । ६ महिना भित्र मन्त्रीपरिषदको बैठकलाई कागजी ढड्डा मुक्त बनाउने ओलीले घोषणा गरेका हुन्।

६ महिना सम्म मन्त्रीहरुले सहयोगीको सहयोग लिन पाउने र त्यसपछि आफैले ल्यापटप चलाउन नजानेमा सोही ल्यापटव दिएर पदवाटै विदा दिइने ओलीले भनेका छन्।

सिंगो देशलाई सूचना प्रविधि बनाउने सरकारको लक्ष्य अनुरुप यसप्रकारको कार्य मन्त्रीस्तरवाटै प्रारम्भ गर्न लागेको ओलीको भनाई रहेको छ। नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ महाधिवेशन बुधबार राजधानीको राष्ट्रिय सभागृहमा उदघाटन गर्दै प्रधानमन्त्री ओलीले शिक्षकहरुलाई आफ्नो विषयमा विज्ञ हुन समेत आग्रह गरे।

ल्यापटप चलाउन नजान्ने मन्त्रीहरुलाई बिदाई गरेजस्तै पढाउन नसक्ने शिक्षकहरुलाई पनि बिदाई गरिने ओलीको बोली रहेको छ।
प्रकाशन मिति–२०७५ साल जेठ १६ गते बुधवार।