ललितपुर। शहरी सौन्दर्यकरण अर्थात व्युटीफिकेसनले शहरी सुन्दरतालाई अझ अभिबृद्धि गर्ने गरेको छ।

धुलो तथा धुँवायुक्त शहरी वातावरणलाई मुक्त वनाएर हरियाली कायम गरेर शहरी सुन्दरता अभिबृद्धि गर्ने र गराउने कार्यमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको पहल निरन्तर हुंदैआएको छ।

यसैक्रममा ललितपुर महागनरपालिका वडा नंबर ५ को आयोजनामा वडालाई नमूना वडा बनाउने अभियान अन्तर्गत व्युटीफिकेसन गर्ने कार्य भएको वडा अध्यक्ष श्रेष्ठले वताएका छन्।

व्युटीफिकेसन गर्ने कार्यमा ५ नंबर वडा अन्तर्गतको जाउलाखेल, मानभवन, कुमारीपाटी, पाटन अस्पताल हुंदै महालक्ष्मीस्थानसम्मको एरियामा धुपीको वोट रोप्ने कार्य वडाकै वजेटवाट भएको जानकारी वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।

शहरी सौन्दर्यकरण गर्ने कार्यमा ५ नंबर वडाको अग्रता तथा पहल निरन्तर हुने वडा अध्यक्ष श्रेष्ठको भनाई छ।


प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।