–नारायण लिंखा देवान
ललितपुर । कोरोनाको महामारीको हटस्पट वन्दैगएको काठमाडौं उपत्यकालाई सुरक्षित वनाउन अत्यन्त आवश्यकता भैसकेको छ। सुरक्षा प्रणालीलाई अपनाउन र सचेतना अभियानलाई जनप्रतिनिधिहरुले नै चलाउनु पर्दछ भन्ने महाअभियानमा ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ देखिएका छन्।

वडा अध्यक्ष श्रेष्ठकै अगुवाइमा ललितपुर महानगरपालिका वडा नंबर ५ मा कोरोना विरुद्ध जनचेतना अभिबृद्धि गर्ने र गराउने अभियान भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ र नेपाल स्काउट ललितपुर जिल्लाको संयुक्त आयोजनामा कोभिड–१९ महामारी नियन्त्रण संवन्धी जनचेतना अभिबृद्धि गर्ने कार्य भएको हो।

अभियानको २८ औं दिनसम्म पुग्दा २० हजार मास्क र १ सय लिटर स्यानिटाइजर निःशुल्क वितरण गर्ने कार्य पनि भएको वडा अध्यक्ष श्रेष्ठले भिजन संसार डटकमलाई वताएका छन्।

नेपाल स्काउट ललितपुर जिल्लाको नेतृत्व गोपाल महर्जनले गरेका थिए। महानगरपालिका र स्काउट वीचको यसप्रकारको सहकार्यले वडाबासीमा राम्रो सन्देश पुगेको वडाबासीको ठहर रहेको छ।

प्रकाशन मिति–२०७७ साल कात्तिक ४ गते मंगलवार ।