–निशान बुढाथोकी
स्पष्टवक्ता, शालिन स्वभाव, जनप्रेमी, विकासप्रेमी, कम उमेरमा मै राजनितिमा सक्रिय सहभागिता , स्थानिय सर्वसाधारणको हृदयमा बस्न सफल टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रमेश लामिछाने प्राथमिकताका आधारमा कामहरु सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्छन्।

११ वर्षको उमेरदेखि नै नेपाली राजनीतिमा समाहित हुदैआएका वडा अध्यक्ष लामिछानेको पारिवारिक पृष्ठभूमि राजनिति नै हो । विसं.२०५४ सालबाट सक्रिय सहभागिता जनाउँदैआएका उनी नेपाल बिद्यार्थी संघ झोर कार्य समितिको सभापति, त्यसपछि २०५६ सालमा क्षेत्र नम्बर ३ को उपसभापति, २०५८ मा काठमाडौं जिल्ला नेविसंघको सदस्य, २०६२÷०६३ को जनआन्दोलनमा सक्रिय सहभागिता, २०६४ नेपाली कांग्रेस टोखाको सहसचिव, २०६७ मा झोर कार्यसमितिको उपसभापति तथा कार्यवाहक सभापति, २०७२ सालमा नेपाली कांग्रेस टोखाको पार्टी सभापति हुँदै अहिले पनि दोश्रो कार्यकाल पार्टी सभापतिको रुपमा काम गर्दै आएको वताएका छन्। हाल टोखा नगरपालिका वडा नम्बर १ को जननिर्वाचित वडा अध्यक्षको रुपमा कार्यरत छन्।

स्थानिय सर्व साधारणको साथ र सहयोगले नै आफू आज यहाँसम्म आएको र उनीहरुको हरेक किसिमको समस्यामा आफूले समाधान पनि गर्ने बताउँछन् । त्यो त यस वडामा पहिला खासै पानीको अभाव नभएको र अहिले वस्ती विकासको कारण केही मात्रामा पानीको अभाव हुन लागेको जानकारी दिन्छन् । एक घर एक धारा अनुसार नै काम भइरहेको र केही मात्रामा मात्र काम हुन बाँकी रहेको बताउँछन् ।

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउँछन् । झोर महाँकाल माध्यमिक बिद्यालयमा अब प्लस टु सम्मको अध्ययन हुने जानकारी दिए । बाँकी बिद्यालयमा पनि गुण्स्तरिय अध्ययन होस् भनेर आफुले प्रत्यक्ष निरिक्षण गरेको बताउछन्। शिक्षा नै त्यस्तो माध्यम हो, देश विकासको मुख्य आधार नै शिक्षा नै हो । यस वडामा कुनै पनि बालबालिका शिक्षा बाट वञ्चित नहोस् भनेर आफूले निरिक्षण शुरु गरेको भन्छन् ।

त्यसो त शिक्षाको साथै स्वास्थ्य क्षेत्रमा पनि यस वडाले काम गरेको बताउँछन् । स्थानिय सर्व साधारणहरुको आधारभूत आवश्यकताको लागि आफू अहोरात्र खटिने बताउने उनले सामान्य उपचारको लागि अस्पताल नै धाउन नपरोस् भनेर वडा स्तरवाटै हेल्थपोष्टवाट २४ सै घण्टा स्वास्थ्य सेवा दिन लागेको सगौरब बताउँछन् ।

यस वडामा २ वटा स्वास्थ्य चौकी रहेका छन् । अब छिटै नै २४ घण्टा सेवा प्रदान गरिने वडा अध्यक्ष लामिछानेको जिकिर रहेको छ। महिलाहरुको लागि पनि विभिन्न किसिमका तालिमहरु संचालन गरिने बताए । त्यसो गएको पाँच वर्षमा पनि महिलाहरुको लागि सिप विकासको तालिमहरु नभएका होइनन् । त्यही कुरालाई निरन्तरता दिइने बताए ।

सिपमूलक र आयआर्जनका तालिमहरु दिने बताए । ब्यूटी पार्लर, साबुनहरु बनाउने, कृषिमा प्रोत्साहन गर्ने, मन्टेश्वरी तालिम, सिलाइ बुनाई लगायतका तालिमहरु दिने जानकारी दिए । तर तालिम दिएर मात्र यत्तिकै तालिममा सिमित नराख्ने । त्यसको लागि बजार व्यवस्थापनको पनि उचित व्यवस्था गर्ने बताए ।

विशेष गरी झोल साबुनको माग यस वडामा धेरै भएको हुँदा यसलाई नै पहिलो प्राथमिकता दिएर काम गर्ने बताए। ९ वटा टोल रहेको यस वडामा प्रत्येक टोलमा यसको माग अनुसार आवश्यकता पूरा गर्ने बताए । यद्यपि यस वडामा विभिन्न विशेषता बोकेको मठ मन्दिरहरु छन् । पर्यटकिय दृष्टिले पनि महत्वपूर्ण मानिन्छ ।

वैतडेश्वर, जलेश्वर, गुप्तेश्वर लगायतका प्रख्यात महादेवका मन्दिरहरु छन् भने महाँकाल देवीको मन्दिर पनि यसै वडामा रहेको छ र उनै देवीको नामबाट झोर महाँकाल नामाकरण गरिएको हो । साउन महिनामा महादेवको मन्दिरमा उल्लेखनिय भिड थियो। ५१ फिटे त्रिशुल गाडिएको छ । पौराणिक महत्व बोकेको मठ मन्दिर छन् यस वडामा ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल भाद्र ११ गते शनिवार ।