–नारायण लिंखा देवान

ललितपुर । कोरोनाको महामारीले गर्दा निम्न आयस्तर भएकाहरुलाई परिवर्तनका लागि सहकार्य नेपालले राहत सहयोग वितरण गर्ने कार्य भएको छ। ललितपुर महानगरपालिका वडा नंबर ५ मा राहत सहयोग वितरण गर्ने कार्य भएको हो।

ललितपुर महानगरपालिका वडा नंबर ५ को समन्वयमा परिवर्तनका लागि सहकार्य नेपालले उक्त राहत सहयोग वितरण गर्ने कार्य भएको जनाइएको छ। समन्वय तथा सहजकर्ता ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठले वडाका २७ विपन्न परिवारलाई खाद्य सामाग्री राहत स्वरुप प्रदान गरेको वताएका छन्।

वडा दशैंको मुखमा विपन्न वर्गले यसरी राहत सहयोग पाउंदा उनीहरुमा केही हदसम्म भएपनि दशैंको खुशी आफूले पाएको वडा अध्यक्ष श्रेष्ठले भनेका छन्। वडाको समन्वयमा परिवर्तनका लागि सहकार्य नेपाल संस्थाले परिवर्तनका लागि गरेको यसप्रकारको राहत सहयोग अत्यन्त सह्रानिय रहेको र संस्थाको नाम अनुसार काम भएको वडा अध्यक्ष श्रेष्ठको भनाई रहेको छ।
प्रकाशन मिति–२०७७ साल असोज ३० गते शुक्रवार ।