ललितपुर। महिला विना विकास संभव छैन्। विकासमा महिलाको हर पाइलामा आवश्यकता छ। महिला विना कुनै पनि सामाजिक विकास संभव नभएको ललितपुर महानगरपालिका वडा नंबर ५ का लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष एवम् वडा सरकार प्रमुख विकासमान श्रेष्ठले वताएका छन्। वडा सरकार प्रमुख श्रेष्ठले शान्ति, सुरक्षा र समसामयिक विषयक एक दिने अन्तरक्रिया कार्यक्रममा सभापतिको आसनवाट वोल्दै वडा सरकार प्रमुख श्रेष्ठले उक्त उदघोष गरेका हुन।

वडा सरकार प्रमुख श्रेष्ठले महिला विना विकास संभव नभएको भन्दै जहाँ महिला त्यहाँ विकासको पाइला भन्ने अवधारणाको विकास गरेका छन्। सर्वाङ्गिन विकासमा महिलाको सहयोग र सहभागिता विना संभव नभएको भन्दै महिलाहरुलाई अग्रपंक्तिमा आउन उत्साहित गर्ने कार्य वडा सरकार प्रमुख श्रेष्ठवाट भएको हो। वडा सरकार प्रमुख श्रेष्ठले उक्त कुरा गर्दा महिला दिदीबहिनीहरुमा नौलो उत्साह पैदा भएको थियो।

ललितपुर महानगरपालिका वडा नंबर ५ को आयोजना र लगनखेल प्रहरी प्रभाग को सहयोगमा आयोजित शान्ति, सुरक्षा र समसामयिक विषयमा एक दिने अन्तरक्रिया कार्यक्रमा प्रमुख अतिथिका रुपमा ललितपुर जिल्ला प्रहरी कार्यालयमा नव नियुक्त पदासिन बनेकी एस एस पि किरण बज्राचार्यले अध्यारोमा नै बढी अपराध हुने भएकोले उज्यालो वत्तीको आवश्यकता बढी रहेको कुरामा जोड दिएकी थिइन्।

एस एस पि बज्रचार्यले समाजमा अपराध बढी घट्नुमा सामाजिक सञ्जालहरुमा बढी खुलेर व्यक्तिगत अवस्थाका वारेमा बढी जानकारी पोस्ट गर्नाले पनि धेरै अपराध घट्दैआएकोले सामाजिक सञ्जाल फेसबुक लगायतमा व्यक्तिगत कुरालाई बढी सार्वजनिक नगर्न पनि अनुरोध गरेकी छन्। 

 कार्यक्रममा आयोजक ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सदस्य अशोक कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्दै प्रहरी मेरो साथी अवधारणाले प्रहरी र नागरिक वीचको दूरी कम भएको धारणा व्यक्त गरेका छन्।

धन्यवाद ज्ञापन वडा सदस्य पूनम निरौलाले गरेकी थिइन्। कार्यक्रमको संचालन तथा उदघोषण महिला वडा सदस्य शोभादेवी प्रधान श्रेष्ठवाट भएको थियो। कार्यक्रममा वडा सदस्य मञ्जु रिजाल सहित विभिन्न महिला समूहका सयौं महिला दिदीबहिनीहरुको उत्साहजनक उपस्थिति रहेको थियो।

प्रकाशन मिति–२०७७ साल फागुन ७ गते शुक्रवार ।