ललितपुर । वडा सरकार प्रमुख जनतासंग अत्यन्त नजिक छ भन्ने कुरा महान पर्व तिहारको देउसी–भैलो कार्यक्रममा देखियो। ललितपुर महानगरपालिका वडा नंबर ५ का वडा सरकार प्रमुख लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठ स्थानीय देउसी–भैलो सांस्कृतिक टोलीसंग वडा कार्यालयको प्रांगणमा छमछम नाचेर अझ नजिकता देखाउने कार्य भएको छ।

स्थानीय जनताका सुख–दुःखका साथीका रुपमा चिनिएका अत्यन्त लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष श्रेष्ठ स्थानीय वडावासीको खुशीका लागि हरपल अहोरात्र खट्ने वडा सरकार प्रमुखका रुपमा चिनिएका छन्।

वडा कार्यालय प्रांगणमा देउसी–भैलो खेल्न आउने स्थानीय सांस्कृतिक टोलीसंग रमाएर उनीहरुसंगै छमछमी नाचेर रमाइलो गर्ने कार्य लक्ष्मीपूजाको दिनमा वडा अध्यक्ष श्रेष्ठवाट भएपछि सांस्कृतिक टोली पनि दंगै परे ।

साथमा वडा सदस्यहरु शोभादेवी प्रधान, अशोक कुमार श्रेष्ठ, मञ्जु रिजाल, पूनम निरौला लगायतले पनि वडा अध्यक्ष श्रेष्ठलाई देउसी–भैलो सांस्कृतिक कार्यक्रममा साथ दिएका थिए।
प्रकाशन मिति–२०७८ साल कात्तिक १८ गते विहीवार ।